Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

काठमाण्डाै – चीनको अन्तरिक्ष यान मंगल ग्रहमा अवतरण भएको छ। ६ वटा पांग्रा भएको ‘चु रोंग रोबर्ट’ नाम दिइएको यान शनिबार मंगल ग्रहको उत्तरी गोलाद्र्धमा सफतापूर्वक अवतरण भएको चिनियाँ अधिकारीहरुले जनाएका छन्।

यो सफलतासँगै चीन मंगल ग्रहमा यान अवतरण गराउने दोस्रो देश बनेको छ। अमेरिकाले यसअघि नै मंगल ग्रहमा यान अवतरण गराइसकेको छ।

चीनले तिआन्वेन–१ अभियान अन्तर्गत गएको फेब्रुअरीमा यानलाई मंगल ग्रहतर्फ पठाएको थियो। यसको तौल दुई सय ४० किलोग्राम छ। रोबर्टले सतह र सहतमुनिको भौगर्भिक अध्ययन गरेर तस्बिरहरु पठाउने बिबिसीले जनाएको छ।
रोबर्टमा क्यामराहरू जडान गरिएको छ । ती क्यामेराले तस्बिर खिच्ने र यताउता गर्न दिशा पत्ता लगाउन सहयोग गर्छन् । अरू पाँचवटा उपकरणले त्यहाँका ढुङ्गामा खनिज पदार्थको परीक्षण र हिउँ भए नभएको आकलन गर्छन्।

पृथ्वीबाट यान अवतरण भएको मंगल ग्रहको दुरी ३२ करोड किलोमिटर टाढा छ। त्यहाँबाट पृथ्वीसम्म रेडियो सन्देश आइपुग्न १८ मिनेट लाग्ने छ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया