Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

काठमाडौं – बिहीबार राति फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपका सेवा एकैपटक डाउन भए । विश्वभरका हजारौं  प्रयोगकर्ताहरुले यो समस्याको सामना गर्नुपरेको थियो । यससँगै एक महिनाभन्दा कम समयमा फेसबुकको सम्पूर्ण सेवा दुईपटक बन्द भएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

यी तीनैवटा सेवा अहिले पुनः सुचारु भइसकेका छन् । सेवा धेरै हदसम्म डाउन भएको थियो, जसका कारण फेसबुकको आफ्नो सर्भर स्टाटस पेजले समेत कुनै कारण लोड गर्न सकिरहेको थिएन । त्यहाँबाट मात्र क्यास डेटा लोड भइरहेका थिए ।

नयाँ पेज रिफ्रेस गर्न खोज्दा राम्रोसँग लोड भइरहेको थिएन । जब वेबमा फेसबुक लोड भएको थियो, तब यसले इरर म्यासेज देखाइरहेको थियो ।

फेसबुकको वेबसाइटमा एक लाख १२ हजारभन्दा धेरै, इन्स्टामा एक लाख एक हजार र ह्वाट्सएपमा ५१६ जना प्रयोकगर्ताहरुले समस्या रिपोर्ट गरेका थिए । पछि फेसबुकले उक्त समस्यालाई पहिचान गरी सेवा सुचारु गरेको थियो ।

फेसबुकले माइक्रोब्लगिङ साइट ट्वीटरमा ‘कन्फिग्रेसन परिवर्तनका कारण फेसबुकको सेवा केही प्रयोगकर्ताहरुका लागि उपलब्ध हुन नसकेको’ स्पष्टिकरण लेखेको छ ।

तपाईको प्रतिक्रिया