Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

टोकियो – जापानव्यापी खुला कविता प्रतियोगितामा गुन्मा केन निवासी बिमन किराती प्रथम भएका छन् । एनआरएन जापान कान्साई क्षेत्रीय समितिले आयोजना गरेको उक्त प्रतियोगितामा किराती प्रथम भएका हुन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

जापानमा बसोवास गर्ने साहित्यिक व्यक्तित्वहरुको प्रतिभा उजागर तथा हौसला प्रदान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो । एनआरएन कान्साईले झण्डै ४५ दिन अगाडिबाट प्रचारप्रसारलाई तीव्रता दिँदै जापानवासी नेपालीहरुलाई समेटने प्रयास गरेको थियो । कविता पठाउने अन्तिम मिति मार्च २८ तारिकसम्मा प्राप्त ४९ वटा कवितामा नेपालमा रहेको निर्णायकहरुलाई पठाइएको थियो ।

यसरी कविता पठाउँदा निष्पक्षतालाई ध्यानमा राख्दै प्राप्त कविताहरुको शीर्षक र कविता मात्र निर्णायकलाई पठाइएको थियो । कविताहरु निर्णायक समितिका संयोजक भूपिन खड्का, सदस्यहरु सुरेन्द्र अस्तफल र टिका आत्रेयले उत्कृष्ट १० र क्रमशः प्रथम, द्वितिय र तृतीय छनोट गरेर आयोजकलाई पठाएका थिए । प्रतियोगितालाई साहित्यिक बनाउन उत्कृष्ट १० लाई अप्रिल ८ तारिकका दिन जापानी समय अनुसार साँझ ७ बजे ‘लाइभ’ बाचन गराइएको थियो ।

प्रतियोगितामा गुन्मा केन निवासी बिमन किरातीले रचना गरेको ‘देशको रङ्ग’ शीर्षकको कविता प्रथम भएको थियो भने कुमामोतो निवासी मन्जुल बराइलीको ‘बेपत्ता पसिनाहरु’ शीर्षकको कविता दोस्रो हुँदा टोकियो निवासी सयपत्री थुलुङको ‘उधारो सपना’ शीर्षकको कविता तृतीय भएको थियो । प्रथम, द्धितिय र तृतियलाई क्रमश ५० हजार, ३० हजार र २० हजार येन पुरस्कारका साथै प्रमाणपत्र प्रदान गरिएको थियो । यस्तै उत्कृष्ट १० भित्र पर्ने सबैलाई आयोजकले प्रमाणपत्र प्रदान गर्ने भएको छ ।

एनआरएन कान्साईले आफ्नो स्थापना कालदेखि हालसम्म भएगरेका गतिविधि समेटिएको स्मारिका प्रकाशन गर्ने भएको छ । स्मारिकामा जापानवासी नेपालीहरुको उपयोगी जानकारी तथा विविध विषयलाई समेटिने कविता प्रतियोगिताका संयोजक तथा स्मारिका प्रकाशन समिति प्रमुख नरेन्द्र बस्नेत (दिनेश)ले जानकारी लिए । उनका अनुसार स्मारिकामा प्रथम, द्वितिय र तृतिय भएका कविता समेटिनेछ ।

पहिलोपटक गरिएको जापानव्यापी खुला कविता प्रतियोगिता सफल पार्न सल्लाह र सहयोग गर्ने अनेसास केन्द्रिय अध्यक्ष प्रकाश पौडेल (माइला), अनेसास जापान महासचिव तथा कार्यक्रमका सहजकर्ता रविन शर्मा, अनेसास जापान, निर्णायक, कवि तथा सञ्चारकर्मीलाई एनआरएन कान्साईका संयोजक कृष्ण शर्मा गैरेले धन्यवाद ज्ञापन गरे ।

साहित्यिक क्षेत्रको ठूलो कार्यक्रम एनआरएन जापान कान्साई क्षेत्रीय समितीले पहिलो आयोजना गरेपनि सबैको उत्साहजनक सहभागिताले कार्यक्रम सफल भएको प्रतियोगिताको परिकल्पनाकारसमेत रहेका संस्थाका उपसंयोजक दिलिप शर्माले बताए । उनले पहिलो कार्यक्रममा केहि कमजोरी भएपनि आगामी दिनमा सुधार्दै लैजान बताए ।

तपाईको प्रतिक्रिया