Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

काठमाडौं – अमेरिकामा ‘लुलु’ नामको एक कुकुरलाई यसका मालिकले ५० लाख डलर छाडिदिएका छन् । यसरी अचानक ‘लखपति’ बनेको आठ वर्षीय लुलुको यतिबेला अधिक चर्चा भइरहेको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

८७ वर्षीय व्यवसायी बिल डोरिसको गत वर्ष मृत्यु भएको थियो । जो अविवाहित थिए । उनले आफ्नो मृत्युपछिको ‘इच्छापत्र ’मा सबै सम्पत्ति लुलुको रेखदेखका लागि भनेर एउटा ट्रस्टमा जम्मा गर्न भनेका थिए । सो ट्रस्टले लुलुको ख्याल राख्न आवश्यक रकम मासिक रूपमा प्रदान गर्नेछ ।

कामका लागि बाहिर गइरहनुपर्ने हुँदा डोरिसले आफ्नी साथी मार्था बर्टनलाई लुलुको हेरचाह गर्न छाडिदिने गरेका थिए । र, उनको मृत्युअघि पनि लुलुलाई मार्थाले नै राखिरहेकी थिइन् । उनी पनि यस खबरले आश्चर्यमा परेकी छन् । मार्थाले यसबारे आफ्नो वास्तविक धारणा व्यक्त गर्नै कठिन भइरहेको बताइन् । उनले भनेकी छन्, ‘डोरिसले आफ्नो कुकुरलाई अत्यन्तै माया गर्दथे । र, लुलु पनि एकदमै ज्ञानी कुकुर हो ।’

तर पनि कुकुरमा पूरै ५० लाख डलर खर्च गर्न सक्ने/नसक्ने विषयमा प्रश्न गर्दा भने उनले ठट्टा गर्दै आफूले सक्दो प्रयास गर्ने बताइन् । लुलुका नाममा गरिने सबै खर्च संरक्षकबाट स्वीकृत हुनुपर्ने हुन्छ । त्यस्तै, लुलुको पनि मृत्यु भएमा चाहिँ सम्पत्तिको के हुन्छ भन्ने स्पष्ट छैन । यसअघि, सन् २०१५ मा क्वीन्सस्थित एक महिलाले पनि आफ्नो सबै गरगहना, घर र सम्पत्ति मृत्युपछि आफ्ना कुकुरका नाममा छाडिदिएकी थिइन् । बीबीसी

तपाईको प्रतिक्रिया