Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

काठमाडौं – कोभिड–१९ महामारीसँगै सुरु गरिएको लकडाउन र भर्चुअल अनलाइन कक्षाका कारण नेपालमा इन्टरनेट प्र्रयोगकर्ताको संख्या अत्यधिक बढेको छ । नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांकलाई आधार मानेर बिदेसिएका नेपालीलाई कटाएर विश्लेषण गर्दा नेपालमा इन्टरनेट प्रयोगकर्ताको संख्या कुल जनसंख्याको हाराहारीमै पुुगेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार हालसम्ममा साढे २ करोडको हातमा इन्टरनेट पुुगेको छ । एक व्यक्तिसँग २ देखि ३ वटा सिम हुने भएकाले सबै नेपालीको पहुँचमा इन्टरनेट पहुँच पुगेको छैन ।

प्राधिकरणको गत कात्तिकसम्मको तथ्यांकलाई मात्र केलाउने हो भने पनि २ करोड २९ लाख २१ हजार १ सय ८० जनाको पहुँचमा उच्च गतिको ब्रोडब्यान्ड इन्टरनेट पुुगेको छ । जसमा इन्टरनेट सर्भिस प्रोभाइडर (आईएसपी)हरूको मात्र ५० लाख ३० हजार ९ सय ४९ वटा लाइन वितरण गरिएको छ ।

यसबाट वाईफाई जेनेरेट गरी धेरैजनालाई बाँडफाँट गरिने हुँदा पहुँचको संख्या अझ बढी हुने बताइएको छ । व्यक्तिगत रूपमा नेपाल टेलिकमको मोबाइलबाट फोरजी लिनेकै संख्या २० लाख ४९ हजार ९ सय १६ छ ।

नेपाल टेलिकमको डाटा (इमेल, इन्टरनेट आदि) सेवाका प्रयोगकर्ता २०७७ मंसिरको अन्त्यसम्ममा कुल १ करोड ६४ लाख ९ हजार ५ सयभन्दा बढी पुगेको छ । सोमध्ये जीएसएम मोबाइलको डाटा सेवाका प्रयोगकर्ता १ करोड ५९ लाख ९९ हजार, एडीएसएल सेवाका प्रयोगकर्ता १ लाख ८१ हजार ५ सय, एफटीटीएच डाटा सेवाका प्रयोगकर्ता ६८ हजार र वाईम्याक्स सेवाका प्रयोगकर्ता १८ हजार ५ सय रहेको टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले बताए ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया