Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

काठमाडौं – टाटा समूहका पूर्व अध्यक्ष रतन टाटाले विवाह गरेका छैनन् तर उनले कसैलाई प्रेम भने नगरेका होइनन् । एक अन्तर्वार्तामा, उनले आफैंले आफ्नो प्रेम जीवनबारे उल्लेख गरेका छन् ।

उनको जीवनमा एक पटक होइन चारपटक प्रेम भएको थियो । तर मुस्किल घडीमा उनको सम्बन्ध कमजोर सावित भयो । त्यसपछि उनले फेरि विवाहको बारेमा सोचेनन्।

प्रसिद्ध व्यवसायी रतन टाटाको जन्म २८ डिसेम्बर १९३७ मा सूरतमा भएको थियो। टाटा समूहका पूर्व अध्यक्षसमेत रहेका उनले छुट्टै पहिचान बनाएका थिए र राम्रो स्थान पनि प्राप्त गरेका थिए।

उनले टाटा समूहलाई नयाँ उचाइमा पुर्‍याउने काम गरे। रतन टाटाले व्यापारको दुनियामा धेरै नाम कमाए तर उनी प्रेमको मामलामा असफल साबित भए।

एउटा टिभी च्यानललाई दिएको अन्तर्वार्तामा अविवाहित उद्योगपति रतन टाटाले पनि आफ्नो प्रेम जीवनको बारेमा खुलासा गरे। उक्त अन्तर्वार्तामा उनले आफू प्रेममा परेको  भए पनि विवाह हुन नसकेको बताएका छन् ।

टाटाले भने ‘भविष्यबारे सोच्दा उनलाई लाग्छ कि अविवाहित हुनु उनको निम्ति राम्रो भयो । यदी उनले विवाह गरेको भए परिस्थिति धेरै जटिल हुने थियो।

उसले भने, ‘यदि तपाईले मलाई प्रेम गर्नका निमित्त तपाईँसँग दिल छ कि छैन भनेर सोध्नुहुन्छ भने म चार पटक विवाह गर्न गम्भीर थिएँ । तर हरेक चोटि केही न केही डरले पछि पछि हटें। आफ्नो प्रेमजीवन सम्झ्दै उनी भन्छन्, ‘जब म अमेरिकामा काम गर्थें, म प्रेमको बारेमा सबैभन्दा चिन्तित थिएँ । हामीले यसकारण विवाह गर्न सकेनौँ किनभने म भारत फर्किएको थिएँ ।’

रतन टाटाको प्रेमिका भारत आउन चाहिनन्। उही समयमा भारत र चीनबीच युद्ध पनि सुरु भयो। अन्तमा, उनकी प्रेमिकाको अमेरिकामा कसैसँग विवाह भयो।

जोसँग प्रेम भयो के अझै उनी शहरमा छन् ? भन्ने प्रश्नमा उनले हो भनेर जवाफ दिए तर यस विषयमा थप कुरा गर्न इन्कार गरे।

रतन टाटा समृद्ध परिवारमा जन्मेका थिए तर उनको जीवन त्यति सजिलो भएन । ७ बर्षको उमेरमा रतन टाटा अभिभावकसँग अलग भए। उनलाई हजुरआमाले हुर्काइन्।

रतन टाटा कारको सौखिन व्यक्ति हु । उनको सुपरिवेक्षणमा रतन टाटा समूहले ल्याण्ड रोभर, जगुआर, रेंजरोभर एक्वायर गर्यो । दुनियाँलाई लखटकिया कार टाटा नानो उपाहार दिने पनि रतन टाटा पनि थिए। रतन टाटा विमान उडाउन र पियानो बजाउन पनि सौखिन छन् ।

सेवानिवृत्तिपछि आफ्नो बाँकी जीवन सौखहरु पूरा गर्न चाहेको उनले बताए । उनले भने ‘अब म पियानो बजाउँनेछु र विमान उडानको मेरो शौअलाई पूरा गर्नेछु।’भारत सरकारले रतन टाटालाई पद्मभूषण (२०००) र पद्म विभूषण (२००८)बाट सम्मानित गरेको छ । यी पुरस्कारहरू देशको तेस्रो र दोस्रो उच्च नागरिक सम्मान हुन्।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया