Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

काठमाडौं – टर्कीको इस्तानबुलमा कुकुरको बफादारिता देखेर धेरै मानिस दंग परेका छन् ।

कुकुरका मालिकको ब्रेन सर्जरी गरिएको थियो र उनी एक हप्तासम्म अस्पतालमा बस्नुपरेको थियो । मालिक भित्र रहँदा कुकुर चाहिँ अस्पतालको प्रांगणमा उनलाई कुरिरह्यो ।
बोनकुक नामक सानो कुकुरको बफादारिता देखेर अस्पतालका कर्मचारी पनि प्रभावित भए । पछि अस्पताल प्रशासनले कुकुरलाई मालिकसँग भेट्न अनुमति दियो ।

मालिकको नाम सेमल सेन्तुर्क हो । जनवरी १४ मा मस्तिष्कको शल्यक्रियाका लागि उनलाई अस्पतालमा भर्ना गरिएको थियो ।

सेन्तुर्कलाई एम्बुलेन्समा राखेर अस्पताल लग्दा कुकुरले पनि पछ्यायो । ऊ अस्पतालको प्रवेशद्वारसम्मै पुग्यो ।

पछि ऊ नियमित अस्पताल पुग्न थाल्यो । हरेक बिहान ऊ अस्पताल पुग्ने गर्थ्यो । कहिलेकाहीँ अस्पतालका कर्मचारीहरूले उसलाई खाना दिन्थे ।

शल्यक्रिया सम्पन्न भएर सेन्तुर्क अस्पतालमा निस्किएपछि कुकुर खुशी हुँदै मालिकको ह्वीलचेयरसँगै दौडियो र पुच्छर हल्लाइबस्यो ।

सेन्तुर्क आफ्नो प्यारो कुकुरको बफादारिता देखेर फुरुंग छन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया