Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

टोकियो – मानिसहरूको अनुहार चिन्ने प्रणाली विकास गर्ने जापानी कम्पनी एनईसीले मास्क लगाएका मानिसहरूको अनुहार चिन्नसक्ने एउटा नयाँ प्रविधि सुरु गरेको छ।

यो प्रविधिको उपकरणले मानिसहरूको अनुहारको आँखाजस्ता मास्कले नछेकिएका भागलाई केन्द्रित गरेर हेर्छ।

एक सेकेन्डभन्दा पनि कम समयमा यो प्रविधिले मानिसको पहिचान गर्नसक्छ र यसले ९९.९ प्रतिशतसम्म सही पहिचान गर्ने कम्पनीले जनाएको छ।

लन्डनको प्रहरीले भिडमा निगरानीका लागि एनईसीको नियोफेस लाइभ फेसियल रिकग्निसन प्रयोग गरिरहेको छ।
यसका अन्य ग्राहकहरूमा लुफ्थान्सा र स्वीस इन्टर्न्याश्नल एयरलाइन्स रहेका छन्।

एनईसीले उक्त प्रणालीलाई टोकियो मुख्यालयमा एउटा स्वचालित भुक्तानी पसलमा परीक्षण गरिरहेको छ।

एनईसीको डिजिटल प्लेटफर्म शाखाका सहायक प्रबन्धक शिनिया ताकाशिमाले रोयटर्स समाचार संस्थालाई उक्त प्रविधीले मानिसहरूलाई कैयौँ अवस्थामा सिधैँ अनुहार देखाउनु पर्ने अवस्थाबाट मुक्ति दिने बताए।

कोरोनाभाइरस महामारीका कारण यस्तो प्रविधिको आवश्यकता बढेको उनले बताए।

न्याश्नल इन्स्टिट्युट अफ स्ट्यान्डर्डस् एन्ड टेक्नोलोजीको एउटा प्रतिवेदन अनुसार कोरोनाभाइरस महामारीअघि यस्ता अनुहार चिन्ने प्रविधिले २० देखि ५० प्रतिशतसम्म मास्क लगाएका मानिसहरूको अनुहार चिन्न सक्दैन थिए।

तर सन् २०२० को अन्त्यसम्ममा त्यसमा धेरै सुधार आएको छ।

विवाद
फेसियल रिकग्निसन भनिने अनुहार चिन्ने प्रविधिहरू विवादमा परेका छन्।

गोपनीयता हनन्‌को नैतिक प्रश्नका साथसाथै यस्ता प्रविधिले कसरी छालाको गहिरो रङ्गलाई पहिचान गर्छन् भन्ने प्रश्न उठ्ने गरेको छ।

गत अगस्टमा वेल्स प्रहरीले प्रयोग गरिरहेको स्वचालित प्रविधि गैरकानुनी भएको एउटा अदालतले आदेश दिएको थियो।

उक्त मुद्दालाई नागरिक अधिकार समूहहरूले अदालत पुर्‍याएका थिए।

अमेरिकामा पनि ठूला प्रविधि कम्पनीहरूले प्रहरी अधिकारीहरूले प्रयोग गर्ने यस्ता प्रविधि बन्द गरिदिएका थिए।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया