Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

काठमाडौं – सम्पूर्ण अनलाईन सुविधा भएको सुपर एप सार्वजनिक भएको छ । विजनेश ग्रोथ कम्पनिले सञ्चालनमा ल्याएको बहुउपयोगी सूपर एप नामको उक्त एपमा राइड सेयरिङदेखी अनलाईन सपिङसम्मको सुविधा रहेको कम्पनिले जनाएको छ । हाल राइड सेयरिङ मात्र सञ्चालन गरेको कम्पनिले केहि समयपछि सबै सुविधा थपिने कम्पनिका अध्यक्ष शेखर श्रेष्ठले जानकारी दिए ।

पछिल्लो समय लोकप्रिय भएको राइड सेयरिङ सेवालाई यस एपले विना इन्टरनेट वा एसएमएस गरेर पनि सेवा लिन सकिन्छ । काठमाडौं उपत्यकामा मात्र नभई देशका अन्य शहरी भागमा पनि सेवा प्रदान गर्ने मुख्य लक्ष्य रहेको अध्यक्ष श्रेष्ठले बताए । कम्पनिले आफ्नो आम्दानीको केहि प्रतिशत समाजसेवामा खर्च गर्ने जनाएको छ ।

रोजगारी गुमाएका युवाका लागि राइड सेयरिङ सेवा आम्दानी गर्ने राम्रो माध्यम बनेको छ । राइड सेयरिङको माध्यमबाट युवाहरुले रोजगार पाउनुका साथै सेवाग्राहिहरुले सस्तो, विश्वसनिय सेवा पाउने छन् भने समयको बचत हुने कम्पनिका सिइओ विशाल जिसीले जनाए । एपमा उच्च गुणस्तरको प्रविधिको प्रयोगका गरिएको छ । कम्पनिमा दक्ष अनुभवि सात जना व्यवस्थापक र प्राविधिक कार्यरत रहेका छन् ।

सुपर एपको हाल प्रयोगकर्ता बढि रहेका छन् । राइडर र ग्राहकमाझ सुपर एप लोकप्रिय रहेको छ । हाल सुपर एपकोे  प्रयोगकता १५,००० भन्दा बढि रहेको छ भने ५,०००ं भन्दा बढि सवारी पार्टनरहरू रहेका छन् ।

सुपर एप डाउनलोड गरी मोबाइल नम्बर सहितको आफ्नो व्यक्तिगत विवरण भरेर बाइक र गाडी छनौट गरी राइडरहरुले आफुलाई रजिस्टर गराउन सक्ने श्रेष्ठले जानकारी दिए । साथै ग्राहकले पनि सुपर एप डाउनलोड गरेर व्यक्तिगत विवरण भरेर रजिस्टर गराउन सक्नेछन् । राइडर ले सुपर पार्टनर र ग्राहकले सुपर एप डाउनलोड गर्नु पर्नेहुन्छ ।

‘हाम्रो शूल्क बजारमा रहेका अरु भन्दा सस्तो हुन्छ,’ उनले भने, ‘त्यसमाथि राइडरबाट समेत अरुलेभन्दा थोरै कमिसन लिन्छौं ।’

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया