Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

काठमाडौं – अत्याधुनिक प्रविधिबाट निर्मित ‘हाइपरलुप पड’ मा वास्तविक यात्रु राखेर गरिएको विश्वकै पहिलो परीक्षण सफल भएको छ । अमेरिकी कम्पनी भर्जिनद्वारा सञ्चालन गरिएको यो परियोजना नेभाडास्थित मरुभूमीमा निर्माणको क्रममा रहेको छ ।

‘हाइपरलुप पड’ भनेको भविष्यमा आधारित नयाँ युगको अत्यन्तै तिव्र गतिमा चल्ने सवारी साधन हो जुन रेल र विमान भन्दा पनि छिटो चल्न सक्छ । चुम्बकीय प्रणाली मार्फत यसलाई एक विशेष किसिमको ट्युब भित्र चलाइन्छ ।

यसको ट्रायलमा कम्पनीकै दुईजना स्टाफलाई यात्रु स्वरुप चढ्न लगाइएको थियो जसपछि ५०० मिटरको ट्रयाकलाई सो हाइपरलुपले १७२ किलोमिटर प्रति घण्टाको रफ्तारमा १५ सेकेन्डमै दुरी पार गरेको हो । तर कम्पनीले यसको गति अझ बढाएर एक हजार किलोमिटर प्रति घण्टा बनाउने लक्ष्य राखेको छ ।

हाइपरलुप बनाउन प्रयास गर्ने भर्जिन एउटा मात्र कम्पनी होइन तर यसअघि कसैले पनि तिनमा वास्तविक यात्रु राखेर परीक्षण गराएको थिएन । कम्पनीमा उपभोक्ता अनुभव विभागकी निर्देशक सारा लुचेन यसको पहिलो यात्रुका रुपमा सवार थिइन् जसले आफ्नो अनुभूति मानसिक र शारीरिक दुवै रुपमा अत्यन्तै उत्साहजनक भएको बताइन् । उनी र प्राविधिक अधिकारी प्रमुख जोश गिगेलको सो यात्रा अत्यन्तै राम्रो भएको र बीचमा कतै केही अवरोध नभएको बताए । लामो ट्रयाक भएकाले अकस्मात् एकदम छिटो कुद्दा एकछिन अनौठो भएको तरपनि उनीहरु दुवैमध्ये कोही बिरामी परेनन् ।

यस किसिमको कन्सेप्ट पहिले टेस्ला कम्पनीका संस्थापक एलन मस्कले ल्याएका हुन् तर धेरैले यसलाई असम्भव र ‘साइन्स फिक्सन’ भनेर आलोचना गरेका थिए ।

अहिले भर्जिन हाइपरलुपले दुबइ र आबुदाबीको बीचमा १२ मिनेटको कनेक्सन निर्माण गर्ने सम्भावित योजना बनाइरहेको छ जसलाई साधारण सवारी साधनबाट यात्रा गर्दा १ घण्टा भन्दा बढी समय लाग्छ ।

लुचेनले यस परियोजनाका कठिनाइहरु स्वीकार गर्दै भनिन्, “अवश्य पनि यो संरचनाका लागि धेरै तयारी र लागत् आवश्यक पर्छ तर मानिसहरुले यो सम्भव छैन भन्दाभन्दै पनि हामी यति ठूलो जोखिम उठाइरहेका छौँ । किनकी मानिसहरु आगामी युग, भविष्यको यातायात प्रणालीबारे अहिले अधिक चासो दिइरहेका छन् । अवश्य पनि हामीले हिजोकै सवारी साधनहरुमा सुधार ल्याउन र निर्माण गरिरहन सक्छौँ या केही नयाँ बाटोको खोजी गरि समस्या समाधानमा लाग्न सक्छौँ ।”

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया