Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

टोकियो – स्पेसपोर्ट जापान एसोसिएसन’ का जापानी आर्किटेक्टहरुले भविष्यको स्पेसपोर्टको अवधारणा डिजाइन गरेका छन् । निकै आकर्षक तथा कलात्मक देखिने चार तल्ले स्पेसपोर्ट ‘टोकियो बे’ किनारमा पानीमा तैरने किसिमले डिजाइन गरिएको छ । यो प्रशान्त महासागरको एक क्षेत्र हो ।

परम्परागत एयरपोर्ट जसरी डिजाइन गरिएको ‘स्पेसपोर्ट जापान’ मा अन्तरिक्ष यानहरु विभिन्न गेटहरुमा अवतरण गर्नेछन् । यस अवधारणालाई सकेसम्म चाँडो यथार्थमा रुपान्तरण गर्ने र देशको अन्तरीक्ष उद्योगको विस्तार गर्ने कुरामा जापानी आर्किटेक्टहरु आशावादी छन् ।

बगैंचा र कृषि योग्य जमिन रहने गरी स्पेसपोर्टको डिजाइन माथि एक सोलार प्यानल ‘होभर’ गरिनेछ । स्पेसपोर्टमा व्यक्ति र व्यक्तिगत गतिशीलता र अन्य साधनहरुका लागि सार्वजनिक स्थान पनि रहने छ ।

स्पेसपोर्टको सोलार प्यानललाई छेड्दै दुई वटा टावरहरु राखिने छन् । स्पेस प्लेनहरुको प्रत्येक प्रस्थान र आगमनमा समर्पित टावरहरुले पोर्टलाई टाढैबाट पहिचान योग्य बनाउने छ ।

टावरको माथिल्लो भागमा यात्रुहरुले स्पेस प्लेनहरुको प्रस्थान हेर्न मिल्ने सुविधा जडान गरिएको छ । जसबाट यात्रुहरुले दुई घण्टाको स्पेस सटल अनुभव लिन सक्नेछन् ।

स्पेसपोर्टले अन्तरीक्षमा आधारित अनुसन्धान र व्यवसायको सेवा प्रदान गर्नेछ । होटल कला संग्राहलय, जिम एक्वेरियम र सिनेमासमेत रहने स्पेसपोर्टमा यात्रुहरुको मनोरञ्जनलाई ध्यान दिइने जनाइएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया