Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ११, २०८२
Thursday, April 24, 2025

 काठमाडौं  – नेपालमा इन्टरनेटको पहुँच बढ्दो क्रममा छ। एक वर्षको अवधिमा इन्टरनेट प्रयोगकर्ता १७ प्रतिशतले बढेका छन्। नेपालमा इन्टरनेट प्रयोगकर्ता २ करोड २८ लाख ७९ हजार ७ सय २७ पुगेको छ। नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको भदौ महिनाको एमआईएस (म्यानेजमेन्ट इन्फरमेसन सिस्टम) प्रतिवेदनअनुसार इन्टरनेट प्रयोगकर्ता २ करोड २८ लाख ७९ हजार ७ सय २७ पुगेको हो। २०७६ भदौमा इन्टरनेट प्रयोगकर्ता १ करोड ९५ लाख ४० हजार ८ सय ७३ जना थिए।

यस अवधिमा ३३ लाख ३८ हजार ८ सय ५४ जनामा इन्टरनेटको पहुँच पुगेको छ। प्राधिकरणका अनुसार धेरै नेपालीले मोबाइल डाटाको सहयोगले इन्टरनेट प्रयोग गर्छन्।  कुल इन्टरनेट प्रयोगकर्तामध्ये १ करोड ६८ लाख ५५ हजार २ सय ४८ मोबाइल इन्टरनेट प्रयोगकर्ता र फिक्ड तथा वायरलेस इन्टरनेट प्रयोगकर्ता ६० लाख २४ हजार ४ सय ७९ छन्। मोबाइल इन्टरनेटको हिस्सा ७४ प्रतिशत र फिक्ड र वायरलेस इन्टरनेटको हिस्सा २६ प्रतिशत छ।

प्रविधिसँग जोडिएका गतिविधि धेरै हुने भएकाले पनि इन्टरनेट प्रयोगकर्ता बढ्दो क्रममा रहेको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्याल बताउँछन्। ‘सूचना प्रविधि विस्तार गर्ने सरकारी नीति छ। यसका लागि सरकारले डिजिटल नेपाल अभियान सुरु गरिसकेको छ’, अर्यालले भने, ‘सहरी क्षेत्रमा फाइबर र ग्रामीण विकास कोषमार्फत ब्रोडब्यान्ड इन्टरनेटको विस्तार गरिरहेको छ।’ फोरजी सेवाको विस्तारले पनि उल्लेखनीय रूपले भइरहेको छ। कोभिड–१९ को समयमा धेरैजसो काम इन्टरनेटको सहयोगमा सम्पन्न भएका छन्। प्रविधि र आधुनिकतासँगै इन्टरनेट प्रयोगकर्ता बढ्ने उनी बताउँछन्।  पछिल्लो समय आईएसपी र मोबाइल सेवाप्रदायकले पूर्वाधार विस्तारलाई प्राथमिकतामा राखेकाले पनि इन्टरनेटको पहुँच बढेको हो।

प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोष परिचालन गरी मुलुकभरका स्थानीय तह, स्वस्थ्य संस्था तथा सामुदायिक विद्यालयमा ब्रोडब्यान्ड इन्टरनेट पुर्‍याउने काम गरेको छ। यस परियोजनामार्फत सबै जिल्लामा शतप्रतिशत ब्रोडब्यान्ड इन्टरनेट पुगिसकेको उनले जानकारी दिए। निजी टेलिकम सेवा प्रदायक र इन्टरनेट सेवा प्रदायक (आईएसपी)ले पूर्वाधार निर्माणमा उल्लेखनीय प्रगति हासल गरेका छन्। ग्राहकको आकर्षण र सेवा विस्तारले गर्दा इन्टरनेट प्रयोगकर्ता बढेको पाइन्छ।

नेपालमा २०५६ सालदेखि जीएसएम मोबाइल र २०५७ देखि मोबाइल इन्टरनेट सुरु भएको हो। सर्वसाधारण नेपालीको पहुँचमा मोबाइल सेवा पुगेसँगै २०६४ बाट थ्रीजी र २०७३ देखि फोरजीको सेवाको सुरुआत पनि भएको छ।

मोबाइल डाटाबाट इन्टरनेट चलाउनेमा नेपाल टेलिकमका प्रयोगकर्ता धेरै छन्। नेपाल टेलिकमका प्रयोगकर्ता १ करोड १४ लाख १७ हजार १ सय २१ जना छन्। यो कम्पनीले मोबाइल डाटा, एडीएसएल, वाइम्याक्स, ईभीडीओ, केबल, इन्टरनेट लिज लाइन, रेडियो वाईफाईबाट सेवा प्रदान गरिरहेको छ। दोस्रो स्थानमा एनसेलका ६५ लाख ८ हजार ७३ जना इन्टरनेट प्रयोगकर्ता छन्।

इन्टरनेट सेवाप्रदायक (आईएसपी) का प्रयोगकर्ता ४७ लाख ७१ हजार ३ सय ८ र स्मार्ट टेलिकमको प्रयोगकर्ता १ लाख ८२ हजार ५ सय ४५ जना छन्।  आईएसपी जडान गर्ने घरधुरी संख्या १२ लाख ३४ हजार २ सय ८९ पुगेको छ। प्राधिकरणका अनुसार आईएसपीबाट लिएको सेवा एउटै घरका चार÷पाँच जनाले प्रयोग गर्न सक्छन्। परिवारका बीचमा सेयर गरेर चलाउन सकिने भएकाले पनि थोरै संख्यामा आईएसपीको पहुँच विस्तार भएको देखिए पनि सेवाको पहुँचको दायरा भने फराकिलो भएको छ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया