Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ११, २०८२
Thursday, April 24, 2025

काठमाडौं – एप्पलको विषयमा विश्वमै सबैभन्दा सही प्रक्षेपण गर्दै आएका नेल साइबर्टका अनुसार एप्पलले नयाँ कोशेढुंगा पार गरेको छ । उनले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदन अनुसार विश्वको सबैभन्दा मूल्यवान कम्पनी एप्पलद्धारा उत्पादित आईफोनको प्रयोगकर्ता संख्या एक अर्ब नाघेको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

‘आईफोनको प्रयोगकर्ता एक अर्ब पुगेका छन । मेराे अनुमान अनुसार यो आँकडा आईफोनले अघिल्लो महिनामै पुरा गरेको हो,’ उनले भनेका छन् ।

उनले अगाडि भने, ‘यसकाे अर्थ आईफोनको बिक्री एक अर्ब पुगेको भन्ने होइन । एक अर्ब आईफोन सन् २०१६ मै बिक्री भइसकेको थियो । आईफोन प्रयोग गर्नेको संख्या एक अर्ब नाघेको हो । आईफोन बिक्री एक अर्ब आईफोन बिक्री सुरु भएको १३ वर्षपछि कम्पनीले यो आँकडा पार गर्न सफल भएको छ ।’

उनका अनुसार आईफोन ट्वेल्भ सिरिज लञ्च हुनुअगाडि नै विश्वमा आईफोन प्रयोगकर्ताको संख्याले एक अर्बको सीमा पार गरेको हो । गत महिनामात्रै आईफोन ट्वेल्भ सिरिजका फोन सार्वजनिक भएको थियो ।

सन् २००८ मा पहिलोपटक आईफोन बजारमा ल्याएको थियो । पहिलो उत्पादनबाटै राम्रो बजार पाएको कम्पनीले निरन्तर उत्तारचढावका बीच अघि बढ्दै आएको थियो । साइबर्टका अनुसार सन् २००७ बाट कम्पनीको नयाँ आइफोन प्रयोगकर्ताको संख्यामा गिरावट हुँदै आएको हो ।

‘सन् २००७ देखि कुल बिक्रीको दुईदेखि तीन करोडमात्रै नयाँ प्रयोगकर्ता थपिँदै आएका थिए,’ उनले भनेका छन्, ‘त्यसको साटो पुरानो आईफोन प्रयोग गर्नेले नयाँ आइफोन किन्नेको संख्या वृद्धि भइरहेको छ ।’

अघिल्लो वर्षमात्रै एप्पलको प्रयोगकर्ता ९० करोड नाघेका थिए भने एप्पलको एप डाउनलोड गर्नेको संख्या पनि भर्खरैमात्र एक अर्ब नाघेको छ । यसलाई पनि उनले एप्पलको प्रयोगतर्का एक अर्ब नाघ्नुको एउटा आधारको रुपमा लिएका छन् ।

तपाईको प्रतिक्रिया