Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ११, २०८२
Thursday, April 24, 2025

काठमाडौं – गुगलविरुद्ध अमेरिकाकाे न्याय विभाग र क्यापिटल हिलमा चलिरहेकाे एन्टीट्रस्ट सुनुवाइलाई प्रतिस्पर्धी कम्पनी एप्पलले राम्रो अवसरको रुपमा लिने देखिएको छ । अन्तराष्ट्रिय समाचार संस्थाहरुमा प्रकाशित रिपोर्टले एप्पलले गुगललाई मात खुवाउने प्रतिस्पर्धी सर्च इन्जिन विकास गर्नसक्ने विश्वास गरेका छन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

एन्टी कम्पिटेटिभ अभ्यासलाई निरुत्साहन गर्ने लहर चलिरहँदा कम्पनीहरुका यस्ता किसिमका कदमले सिंङ्गो टेक उद्योगमाथि वर्चस्व कायम गरेका ठूला कम्पनीहरुले नै अहिले ठूला प्रतिस्पर्धा सिर्जना गरिरहेका छन् ।

सर्च प्रविधिमाथि एप्पलको रुचि पहिलेदेखि नै थियो, तर उसको आईफोन अपरेटिङ सिस्टमको पछिल्लो भर्सन आईओएस १४ मा भएको सुक्ष्म तर उल्लेखनीय परिवर्तनले यसको संकेत देखाएको छ ।साथै एप्पलले आफ्नो स्पाइडरिङ टुलको गतिविधिलाई पनि बढाएको छ, जसले उसले वेबलाई राम्रो रुप दिन र सर्च फङ्सनलाई रिफाइन गर्न प्रयोग गर्दछ । 
एप्पलले अहिले आफ्नै सर्च रिजल्टहरु देखाउन थालेको छ । साथै प्रयोगकर्ताहरुले आईओएस १४ को होम स्क्रिनमा विभिन्न प्रश्नहरु सोधे पछि सिधै वेबसाइटमा लिङ्क गराउने गरेको छ । एप्पलको यस किसिमको विकास आईओएसको बेटा भर्सनमा देखिन थालेको छ ।   
एप्पलको यस किसिमको विकासलाई कोयउल्फका जोन हेनसअले गत अगस्टमा नै नोट गरिसकेका थिए । एप्पलको इनहाउस सर्च डेभलपमेन्टमा यस किसिमको परिवर्तनले उल्लेखनीय परिवर्तन ल्याएको छ । यसले एप्पलको सर्चमा व्यापक सहयोगको आधार दिएको छ । 

करिब तीन वर्षअघि एप्पलले गुगलका सर्च प्रमुख जोन गियाननड्रियालाई आफ्नो हातमा लियो । एप्पलको यो कदमलाई आर्टिफिसियल इन्टेलिजेन्स र भ्वाइस सर्च सिरीको माध्यमबाट आफ्नो जगलाई बढाउने प्रयासकाे रुपमा हेरिएको थियो ।

तर एप्पल भित्रैबाट संगठानिक भएको कारण गियाननड्रियाले सम्भावित सर्च प्रडक्ट र सिरी दुवैमा पूर्णकालीन प्रयास दिने सम्भावना एकदमै कम देखिन्थ्यो । तर फरक भविष्यका लागि टिम वर्कमा आफ्नो विज्ञता प्रदान गर्ने अर्को सम्भाव्यता थियो ।

यदि एप्पलले कुनै सर्च टुल विकास गर्छ भने यो तेस्रो सर्च इन्जिन हुनेछ । किनभने गुगल बाहेक धेरैले माइक्रोसफ्टको बिङलाई पनि सर्च इन्जिनको रुपमा प्रयोग गर्दछन् ।

सर्च इन्जिन विकास गर्न एप्पल गुगलको प्रतिस्पर्धीको रुपमा उदाउने कुराले ठूला ठूला समाचार हेडलाइनको स्थान पाइरहे पनि एप्पलको यो विकास र कार्य सिरीलाई थप सर्च क्वेरीका लागि अत्याधुनिक बनाउने कदम पनि हुन सक्ने कदमको रुपमा हेरिएको छ ।

तपाईको प्रतिक्रिया