Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ११, २०८२
Thursday, April 24, 2025

टोकियो- उत्तर कोरियाको साइबर आक्रमणको नयाँ निशाना नेपाल बनेको अन्तर्राष्ट्रिय सुरक्षाकी ज्ञाता डा. मोनिका चन्सोरियाले दावी गरेकी छिन् ।

डा. मोनिका चन्सोरियाले जापान फरवार्डमा एक लेख प्रकाशित गर्दै उत्तर कोरियाली ह्याकरहरुको सञ्जाल दक्षिण एशियामा नेपालसम्म विस्तार भएको उल्लेख गरेकी छन्।

हालैका दिनमा चीन हुँदै नेपालसम्म उनीहरुले सञ्जाल विस्तार भएको र यसमा चिनियाँ सहयोग रहेको रिपोर्टमा दाबी गरिएको छ।

नेपालमा उत्तर कोरियाली ह्याकरहरुको उपस्थिति र चिनियाँ गुप्तचरको फराकिलो नेटवर्कले नेपाललाई चीनको स्टेट सेक्युरिटी ब्यूरोले दक्षिण एसियाली अपरेशनको लागि क्षेत्रीय बेस बनाएको र उत्तर कोरियाले साइबर र मनि लण्ड्रिङको लागि प्रयोग गरिरहेको दाबी रिपोर्टमा गरिएको छ।

नर्थ कोरियाली साइबर सेनाले स्थानीय लाजारुस ग्रुप अथवा हिडेन कोब्रासँग समन्वय गरिरहेको उनले उल्लेख गरेकी छन्।

उक्त ग्रुपले अहिले अमेरिका, बेलायत, जापान, सिंगापुर लगायतका देशमा साइबर आक्रमणको प्रयाश गरिरहेको उनले बताएकी छिन्।

उत्तर कोरियाली शासक किम जोन उन नेतृत्वको सरकारले पैसा जुटाउन ह्याकरहरु परिचालन गरेको यसरी ह्याक गरेर उत्तरले ठूलो रकम संकलन गरेको रिपोर्टमा दाबी गरिएको छ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया