Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

काठमाडौं – लण्डनमा रहेको रिचमन्ड पार्कमा एक महिलाले आफ्नो तस्वीर लिन खोज्दा मृग नजिक पुगेपछि मृगले आक्रमण गरेको छ । मृगले महिलाको ढाडमा लात हानेको थियो । रोयल पार्क्स पुलिसले आफ्नो ट्विटर अकाउन्टमा महिलालाई यस्तो फोटोशूटका लागि आलोचना गर्दै मृगहरू डिज्नीको बाम्बी जस्तो नहुने र चोटपटक लगाउन सक्ने भनी चेतावनी दियो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

‘यो तस्वीर रिचमन्ड पार्कमा अक्टोबर ११ मा लिइएको हो र यसले मृगभन्दा ५० मिटर पर बस्नुपर्छ भन्ने देखाएको छ । तिनीहरू वन्यजन्तु हुन् र चोटपटक लगाउन सक्छन् । ह्याशट्याग हामीबाम्बीहैनौं,’ प्रहरीले भन्यो । प्रहरीको यो पोस्ट आएपछि ती महिलालाई सबै प्रयोगकर्ताले आलोचना गरे । जनावरको त्यति नजिक जानु गलत भएको उनीहरूले बताए ।

अनि महिलाले लगाएको लुगा पनि यस समयका लागि अनुपयुक्त भएको उनीहरूले बताए । गर्मीको महिनामा लगाउने फ्रक लगाएकोमा उनी आलोचित भइन् । लन्डन पार्कमा लगभग एक हजारवटा मृग छन् । यस समयमा मृगले सम्भोग गर्ने गर्छन् । पोथीसँग सम्भोगका लागि भालेहरूबीच कडा प्रतिस्पर्धा हुन्छ । यस समयमा मृग नजिक नपर्न मानिसहरूलाई चेतावनी दिने गरिन्छ । ती महिलाले यो पाठ निकै कठोर ढंगले पढिन् । –एजेन्सी

तपाईको प्रतिक्रिया