Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ११, २०८२
Thursday, April 24, 2025

काठमाडौं – एप्पलले आईफोन ट्वेल्भ सिरिज अन्तर्गत आईफोन ट्वेल्भ र आईफोन ट्वेल्भ मिनी सार्वजनिक गरेको छ । यसअन्तर्गत आईफोन ट्वेल्भमा ६.१ इन्च स्किृन रहेकाे छ भने आईफोन ट्वेल्भ मिनीमा ५.४ इन्च स्क्रिन रहेकाे छ ।

एप्पलले आईफोन ट्वेल्भ सिरिज अन्तर्गत सबैभन्दा सस्तो फोनको रुपमा आईफोन ट्वेल्भलाई अघि सारेको छ । यो फोनको मूल्य ६९९ डलरदेखि सुरू हुने जनाइएकाे छ । त्यसैगरी आईफोन ट्वेल्भको मूल्य ७९९ डलरबाट सुरु हुनेछ ।

आईफोन ट्वेल्भ मिनीमा ओलेड डिस्प्ले, ए १४ चिपसेट, फाइभजी कनेक्टिभिटी र डुअल क्यामेरा सेटअप लगायतका विशेषता छन् । यसमा सुपर एक्सडीआर रेटिना डिस्प्ले रहेको छ ।

आईफोन ट्वेल्भ र आईफोन ट्वेल्भ मिनी ब्लु, ग्रीन, ब्ल्याक, ह्वाइट र प्रडक्ट (रेड) गरी पाँच कलर अप्सनमा उपलब्ध छन् । यी फोन आईओएस फोर्टिनमा सञ्चालन हुनेछन् ।

यी फाेन ६४, १२८ र २५६ जीबी स्टोरेजमा उपलब्ध भएका छन् । यसैबीच एप्पलका नयाँ आईफोनमा चार्जर र इयरबर्ड साथमा नआउने जानकारी कम्पनीले दियो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया