काठमाडौं – भिडियो सेयरिङ एप टिकटकमा पाकिस्तानले पनि प्रतिबन्ध लगाएको छ । पाकिस्तान दूर सञ्चार प्राधिकरण(पिटिए) ले शुक्रबार टिकटकमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
भारत/अमेरिकाले जस्तो चिनियाँ एप भएका कारण भने पाकिस्तानले प्रतिबन्ध लगाएको होइन् । टिकटकमा आएका अनैतिक र अश्लील भिडियो छनोट गर्न कठिन भएकाले प्रतिबन्ध लगाएको पाकिस्तान सरकारको भनाइ छ । पिटिएका अनुसार टिकटकमा धेरै अनैतिक र अश्लील सामग्री आएको भन्दै धेरै गुनासो आएपछि प्रतिबन्ध लगाउने निर्णय गरिएको हो ।
टिकटकले यस्ता खालका प्रतिबन्धित सामग्रीलाई नियन्त्रण गर्ने तरिका अपनाएको खण्डमा प्रतिबन्ध हटाउन सकिने पिटिएले जानकारी दिएको छ । भारत र अमेरिकाले भने टिकटक चिनियाँ एप भएकाले राष्ट्रिय सुरक्षामा खतरा हुने दावी गर्दै यसमाथि प्रतिबन्ध लगाएका हुन् ।
प्रकाशित मिति: शनिबार अशोज २४, २०७७
प्रकाशित समय: १५:२२:५२