Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

जब बिकाशमा
एकदम अबेर हुन्छ
तब मंत्रीमंडलमा
हेरफेर हुन्छ

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

सहि बाटो नहिँडी
जब हिँड्ने अटेर हुन्छ
जनतालाई हाउँ गरेर
जब ऊ शेर हुन्छ
डरले करले
जब जनता छेर छेर हुन्छ
तब मंत्रीमंडलमा
हेरफेर हुन्छ

भोलीलाई पर्सीलाई जोगाउँदा
जब धेर हुन्छ
बोल्ने मात्र तर
नसुन्नेको जेर हुन्छ
तातेकालाई चिस्याउन
जब सारफेर हुन्छ
तब मंत्रीमंडलमा
हेरफेर हुन्छ

योजना नबनिकनै
जब सबै खेर हुन्छ
स्वदेशमा काम नपाएर
विदेशिनेको ढेर हुन्छ
छिमेकीले मिचेको कालापानीको नक्शा र
जन-आँसुको हेराहेर हुन्छ
तब मंत्रीमंडलमा
हेरफेर हुन्छ ।।

  • राकेश कार्की -लस एन्जेलस
तपाईको प्रतिक्रिया