Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ११, २०८२
Thursday, April 24, 2025

काठमाडौँ – हामी सबैलाई सोसल मिडियामा आआफ्नो फोटो तथा भिडियोहरु हाल्न एकदमै रमाइलो लाग्छ । आफ्नो फोटो सबैले हेरेर राम्रो भनिदिए हुन्थ्यो भनेर पनि लागिरहन्छ ।

हामीले फोटोहरु ट्विटर, इन्सटाग्राम, फेसबुक लगायतका सामाजिक सञ्जालमा हालिरहेको हुन्छौँ । तर के हामीले सबै पोष्टमा विचार गरेर हाल्ने गर्छौँ त ? कहिले काँही विचार नगरी हाल्यौँ भने कुनै कारणले गल्ती पनि हुन सक्छ । त्यही भएर अरु मान्छेले पनि हेर्ने वाला फोटो हाल्दा तलका केही कुराहरुमा ध्यान पु¥याउनुपर्छ ।

फोटोमा के रहेको छ ?

कहिलेकाहीँ तपाईले सेल्फी खिच्दा पछाडिको ब्याकग्राउन्ड आएको हुन सक्छ जसले गर्दा तपाईको निजी जीवनको डिजिटल पहिचान बाहिरिन सक्छ ।

त्यो मान्छेले कहाँ बाट सामान किन्छ, घर या पछाडिको ब्याकग्राउन्डमा केके देखिन्छ , सबै कुरालाई मान्छेले नियालेर हेर्न सक्छन् । त्यही कारणले पोष्ट गर्नु अघि यी कुराहरुमा ध्यान पु-याउनुपर्छ ।

फोटो कता खिचिएको थियो ?

धेरै मान्छेले तपाईँको फोटो एक झलक मात्रै हेरेर कहाँ खिचेको हो भनेर थाहापाउन सक्छन् । आइडेन्टीटी स्पामरहरुलाई यो जानकारी पनि एकदमै महत्वपूर्ण हुन सक्छ ।

यसले गर्दा अरुलाई पनि तपाईको ठेगाना पत्ता लाग्न सक्छ । घरमा एक्लै भएको फोटोहरु स्टोरीमा हालियो भने पनि घरमा चोरी गर्न आउन सक्ने पनि हुन सक्छ । त्यहीकारणले सर्तकता अपनाउनु पर्छ ।

हाम्रो फोटोहरुको ईएक्सआईएफ मेटाडाटा

हरेक फोटोहरु केही ट्याग सँगै आउँछन् । ईएक्सआईएफ मेटाडाटामा धेरै खालको जानकारी रहेको हुन्छ जस्तै क्यामेराको मोडेल, अपर्चर डेटा र त्यो फोटो कहिले र काहाँ खिचिएको थियो भनेर पनि थाहापाउन सकिन्छ । त्यही कारणले फोटो अनलाइनमा हाल्नु पूर्व ईएक्सआईएफ मेटाडाटा हटाउनुपर्छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया