Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ११, २०८२
Thursday, April 24, 2025

काठमाडौं – नेपालबाट विभिन्न सामाजिक सञ्जालमार्फत् २२ अर्बभन्दा बढी नेपाली रुपैयाँ बाहिरिइरहेको जनाइएको छ ।

फेसबुक, ट्वीटरलगायतका सामाजिक सञ्जालमार्फत् उक्त रकम बाहिरिएको हो । तर यो रकम प्रत्यक्ष रुपमा नेपालबाट उठाएर लगिएको नभई ती सामाजिक सञ्जालमा आउने विज्ञापन प्रयोगकर्ताले हेरेवापत ती कम्पनीहरुले कमाएका हुन् ।

नेपाली प्रयोगकर्ताले फेसबुक, ट्वीटर, यूट्यूवलगायतका सामाजिक सञ्जाल चलाउँदा वा हेर्दा त्यहाँ आउने विज्ञापन हेरे वा लाइक गरेवापत ती कम्पनीहरुमा एकमूष्ठ संकलन हुने विज्ञापनको आकार निकै ठूलो रहेको यसबारे अध्ययन गरिरहेका विज्ञहरुले बताएका हुन् ।

यसअघि नेपाल सरकारले पनि यस्ता सामाजिक सञ्जाल नेपाली प्रयोगकर्ताले चलाइदिएवापत उनीहरुले ठूलो परिमाणमा पैसा संकलन गर्ने भएकाले ती सञ्जाललाई करको दायरामा ल्याउने प्रक्रिया थालेको थियो ।

प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिले पनि नेपाल सरकारलाई यस्ता सामाजिक सञ्जालमा प्रयोग हुने विज्ञापनलाई करको दायरामा ल्याउन निर्देशन दिएको थियो ।

समितिको निर्णयमा भनिएको थियो, ‘फेसबुक र ट्वीटरलगायतबाट करोडौं रुपैंयाँबाहिर गइरहेकोले उक्त पैसालाई करको दायरामा ल्याउन निर्देश दिइएको छ ।’

महालेखा परीक्षकको कार्यालयलेसमेत ५७ औँ वार्षिक प्रतिवेदनमार्फत् नेपालबाट सामाजिक सञ्जालमा हुने विज्ञापनलाई करको दायरामा ल्याउन निर्देशन दिएको थियो ।

प्रतिवेदनमा ‘फेसबुक, म्यासेन्जर, भाइबर, इमो, ह्वाट्सएपलगायतका सामाजिक सञ्जालहरूमार्फत् गरिने विज्ञापनको माध्यमबाट राज्यको ठूलो धनराशी विदेशिएको अवस्था छ । त्यस्ता सामाजिक सञ्जालहरू नेपालमा दर्ता नभएको र नेपालबाट वैधानिकरूपमा ती सञ्जाल सञ्चालकहरूलाई भुक्तानी गर्ने पेमेन्ट नभएकाले स्वदेश र विदेशमा रहेका व्यक्ति वा व्यवसायीले पेटिएम, पेपल क्रेडिट कार्डलगायतका अन्तर्राष्ट्रिय विद्युतीय भुक्तानी माध्यम प्रयोग गरी सम्बन्धित सञ्जालका सञ्चालकलाई रकम भुक्तानी गरेपश्चात विज्ञापन अपलोड हुने गरेको स्थिति छ,’ भनिएको छ ।

प्रतिवेदनमा अपलोड हुने विज्ञापनको पहुँच वा विज्ञापन हेरिएको आधारमा विज्ञापन शुल्क सम्बन्धित सामाजिक सञ्चालकले असुल गर्ने र उक्त विज्ञापन सेवा नेपालमा प्रदान गरिएकाले आयको स्रोतको सिद्धान्तको आधारमा सोबापतको भुक्तानी जहाँ भए पनि नेपालमा कर तिर्नुपर्ने उल्लेख गरिएको थियो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया