Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ११, २०८२
Thursday, April 24, 2025

काठमाडौँ – अमेरिकाले प्रतिबन्ध लगाएपछि, टिकटकले आफ्नो अमेरिकामा रहेको व्यापार बेच्ने निर्णय गर्यो तर बेजिङले उक्त काममा अवरोध गर्ने भएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

चिनिया अधिकारीले विदेशी खरिदकर्तालाई प्रविधिको स्वामित्व बेच्ने कानुनमा परिमार्जन गरेको छ । सरकारी सूचनाको अनुसार, नयाँ नियमको सुचीमा, डाटा प्रोसेसिंग, स्पीच र टेक्स्ट रिकग्निसन रहेको छ । सन् २००८ पछि उक्त नियमलाई पहिलो पटक परवर्तन गरिएको हो ।

चिनिया विज्ञान तथा प्रविधि मन्त्रालयको अनुसार, उक्त परिवर्तन प्रविधि निर्यातको कार्य औपचारिक रुपमा व्यवस्थापन गर्न आवस्यक थियो, जसले राष्ट्रिय सुरक्षाको नियम लागु गर्न सहयोग गर्नेछ । उक्त सुचनामा टिकटक वा बाइट डान्स कम्पनीको नाम उल्लेख गरिएको छैन तर विशेषज्ञको अनुसार अब टिकटकले आफ्नो अमेरिकाको व्यापार विदेशीलाई बिक्रि गर्न सरकारको अनुमति लिनुपर्ने हुन्छ ।

यसले टिकटकको बिक्रिमा प्रभाव पर्नेछ । बाइट डान्सले आफु उक्त नियमको विषयमा सतर्क रहेको र यसले कम्पनीलाई कठिनाइ हुने बताएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बाइट डान्सलाई यसै महिना आफ्नो अमेरिकामा भएको व्यापार बिक्रि नगरे प्रतिबन्ध गर्ने चेतावनी दिएका छन् ।

ट्रम्प लगायत अन्य अमेरिकी नेताहरुले टिकटकले राष्ट्रिय सुरक्षामा खतरा उत्पन्न गरेको आरोप लगाएका छन् । टिकटकले भने उक्त आरोपको खण्डन गर्दै आएको छ र ट्रम्पको “राजनीतिक चाल” भन्दै उजुरी दिएको छ । टिकटकको खरिदको लागि ठुला कम्पनीहरु अगाडी आएका छन्, माइक्रोसफ्ट र वालमार्टले टिकटक किन्न इच्छुक रहेको जानकारी सार्वजनिक गरेका छन् ।

टेक कम्पनी ओराकलले पनि टिकटक किन्न सक्ने बताइएको छ । टिकटकलाई अहिले निकै दबाब परेको छ र पछिल्लो हप्ता कम्पनीका सीइओ केभिन मेयरले नियुक्त भएको चार महिना पनि नबित्दै राजिनामा दिएका छन् । उनले कार्यालयको वातारणमा राजीनिक हस्तक्षेप भएको कारण राजिनामा दिएको बताएका छन् ।

चीनले भने आफ्नो निर्यातको कानुन परिवर्तन गरेको छ जसले गर्दा टिकटकको व्यापारमा प्रतक्ष प्रभाव पर्ने भएको छ ।

तपाईको प्रतिक्रिया