Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

टोकियो – विश्वका कयौं यस्ता स्हथानहरु रहेका छन् जसका विशेष विशेषताका कारण बेला बेलामा चर्चामा आउने गर्दछन् । सुन्दा आश्चर्य लाग्न सक्छ, तर जापानको दक्षिण–पश्चिममा अवस्थित ओकिनोसिमा आइल्याण्डमा धार्मिक कारणले गर्दा आज पनि महिलाहरू जान पाउँदैनन् । साथसाथै त्यस आइल्याडमा जाने पुरुषहरुका लागि पनि कडा नियमहरु पालना गर्नुपर्ने हुन्छ ।

७ सय वर्गमिटरमा फैलिएको यस टापु चौथो देखि नवौं शताब्दीसम्म कोरियाली प्रायदीप र चीनबीच व्यापार गर्नका लागि प्रयोग गरिन्थ्यो । धार्मिकरुपमा यस टापुलाई एकदमै पवित्र मानिन्छ । पुरानो रितिरिवाज अनुसार चल्दै आएको धार्मिक प्रचलनका कारण महिलाहरुलाई अहिले पनि यस टापुमा जान प्रतिबन्ध गरिन्छ ।

प्रत्येक वर्षको मे २७ तारिकका दिन २ सय पुरुष मात्र यस पवित्र स्थलमा जाने गर्दछन् र त्यहाँ सन् १९०४–०५ को बिचमा रुसी–जापानी युद्धको समयमा समुद्रमा जीवन गुमाएकाहरुलाई श्रदाञ्जली दिने गर्दछन् । यस आइल्याण्डमा जान पुरुषहरु निर्वस्त्र नुहाई शुद्धीकरणका लागि केही विधिको पालन गर्नुपर्छ । यस्तै फर्किने बेलामा कुनै स्मरणयोग्य वस्तु ल्याउन पाइँदैन भने त्यहाँको बारेमा अरुलाई भन्न पनि नहुने नियम रहिआएको छ ।

समुद्रको यात्रा खतरानाक हुने र महिलाले आफ्ना बच्चाहरुको हेरविचार गर्नका लागि महिलालाई यस टापुमा जानका लागि नदिएको भनिए तापनि स्पष्ट कारण भने रहेको छैन ।

भनिन्छ, यस आइल्याण्डमा मुनाकाटा ताइसा ओकित्सुमिया श्राइन रहेको छ, जहाँ समुद्रको देवीको पुजा गर्ने गरिन्छ । भनिन्छ, यहाँ १७ औं शताब्दीमा जहाजहरुको सुरक्षाका लागि पुजा गर्ने गरिन्थ्यो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया