Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ११, २०८२
Thursday, April 24, 2025

काठमाडौँ – थाइल्याण्ड सरकारले कानुनी कारवाहीमा जाने चेतावनी दिएपछि फेसबुकले राजसंस्थाको बारेमा छलफल गर्दै आएको लाखौँ सदस्य रहेको ग्रुपलाई प्रतिबन्ध गरेको छ ।

कम्पनीले बैंककबाट आएको दबाबको विरुद्धमा कानुनी प्रक्रियामा जाने बताएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

थाइल्याण्डमा भएको सरकार विरोधी आन्दोलनमा राजसंस्थाको सुधारको लागि आवाज उठिरहेका छन् ।

राजसंस्थाको आलोचना थाइल्याण्डमा प्रतिबन्ध गरिएको छ ।

“रियालिस्ट मार्केटप्लेस” नामको फेसबुक ग्रुपलाई थाइल्याण्ड भित्र पहुँच बन्द गरिएको छ भने थाइल्याण्ड बाहिर यसलाई चलाउन मिल्छ ।

फेसबुक ग्रुपका एडमिन, पविन चाचावलपोंगपुन भन्छन्, “उक्त समुहमा दश लाख भन्दा अधिक सदस्य छन् र यो थाईल्याण्डमा निकै प्रख्यात छ ।”

उनले भने, “ यस समूह राजतन्त्रको बारेमा छलफल गर्नको लागि खुला छ र कतिपय कुराकानी निकै गम्भीर पनि हुन्छन् । राजनीति र राजसंस्थाको बारेमा यहाँ चर्चा हुन्छ र कसरी राजतन्त्रले सबै अधिकार खोसेको छ भन्ने विषयमा केन्द्रित छ ।”

उनी एक विद्यार्थी हुन् र जापानमा बस्छन् । उनले सोमबार नयाँ फेसबुक ग्रुप बनाएका छन् जसको एक रातमा चार लाख भन्दा अधिक फलोअर्स बनेका छन् ।

थाई सरकारले गैर-कानुनी भनेर उक्त ग्रुपमा प्रतिबन्ध लगाएको फेसबुकले जानकारी दिएको छ ।

कम्पनीको अनुसार, यस्तो आग्रहले अन्तराष्ट्रिय मानवअधिकार कानुनको उल्लंघन गर्ने तथा मानिसको स्वतन्त्र रुपमा व्यक्त गर्ने क्षमतालाई प्रभाव पर्नेछ । साथै कम्पनीले कानुनीरुपमा लड्न तयार रहेको बताएको छ ।

थाईल्याण्डले फेसबुकलाई जबर्जस्ती ग्रुपको पहुँचमा प्रतिबन्ध लगाएको कारण मानवअधिकार सम्बन्धित ग्रुपले यसको आलोचना गरेका छन्  ।

एशिया मानवअधिकार निरीक्षणका प्रमुख जोन सिफ्टन भन्छन्, “ थाइल्याण्ड सरकारले आफ्नो शक्तिको दुरुपयोग गर्दै फेसबुकलाई दबाब दिएर उक्त ग्रुपलाई प्रतिबन्ध गरेको छ । थाईल्याण्डले गल्ति गर्दैछ र  अन्तर्राष्ट्रिय कानूनले अभिव्यक्तिको स्वतन्त्रताको रक्षा गर्नेछ ।”
एडमिन चाचावलपोंगपुन भन्छन्, “ उक्त ग्रुप राजसंस्थाको बारेमा विश्लेषण गर्छ र कतिपयले संबिधानमा राजतन्त्रको अझै पनि केही गर्न सकिने विश्वास गर्दछन् भने कतिपयले राजसंस्थाको सुधार गर्नुपर्ने पक्ष लिएका छन् ।”

सरकारले थाई नागरिकलाई तीन जना व्यक्ति बाट सतर्क रहन र टाढा बस्न भनेको छ । ती मध्य उक्त ग्रुपमा एडमिन पनि रहेका छन् ।

अन्य दुइ जना भने वेलायती पत्रकार एंड्रयू म्याकग्रेगर मार्शल, जसले थाइल्याण्डको राजतन्त्रको बारेमा किताब लेखेका छन् र अर्को थाई राजनीतिक प्राध्यापक सोम्साक जेमेतिरसकुल छन्, उनि फ्रान्सको जेलमा छन् ।

थाइल्याण्डको कानुन लेसे-मेजेस्टे अनुसार राजसंस्थाको विषयमा चर्चा गर्न प्रतिबन्ध छ र राजपरिवारको बेइज्जत गर्नेलाई १५ वर्ष सम्म जेल सजाय तोकिएको छ ।

थाई बासिन्दालाई बाल्यकाल देखि राजपरिवारको सम्मन गर्न सिकाइएको हुन्छ । थाइल्याण्डमा केही हप्तादेखि लोकतन्त्रको पक्षमा आन्दोलन भइरहेको छ  ।

सरकारले आन्दोलनकारीलाई नियन्त्रण गर्न, कानुनी रुपमा कारवाही शुरु गरेको छ, जस्तै विद्यार्थी नेतालाई पक्राऊ गर्ने, मानिसहरुलाई फेसबुक ग्रुपबाट प्रतिबन्ध गर्ने जस्तो कडा निर्णय गरेको छ ।

पछिल्लो हप्ता प्रहरीले नौं जना प्रदर्शनकारीलाई पक्राउ गरेको थियो ।

तपाईको प्रतिक्रिया