Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ११, २०८२
Thursday, April 24, 2025

काठमाडौं – अमरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले चिनियाँ एप टिकटक र वीच्याटलाई प्रतिबन्ध लगाउने लक्ष्यसहित ल्याइएका दुईवटा कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

आगामी ४५ दिनमा ती आदेशहरू लागु हुँदा सबै अमेरिकी कम्पनीले ती चिनियाँ एप सञ्चालन गर्ने कम्पनीसँग आफ्नो कारोबार बन्द गर्नुपर्नेछ । ट्रम्पले अमरिकाको राष्ट्रिय सुरक्षाका लागि त्यसो गर्नु आवश्यक भएको दाबी गरेका छन् ।

अमेरिकी कम्पनी माइक्रोसफ्टले अमेरिकामा सञ्चालन गर्नेगरी टिकटक किन्न वार्ता गरिरहेका बेला यो निर्णय भएको हो । ट्रम्पले त्यसका लागि सेप्टेम्बर १५ सम्मको समयसीमा तोकिदिएका थिए । यसबाट चीन र अमेरिकाबीच प्रविधिको क्षेत्रमा प्रतिद्वन्द्विता बढेको सङ्केत देखिन्छ ।

चिनियाँ कम्पनी बाइटडान्टको स्वामित्वमा भएको छोटो भिडिओ शेअर गरिने टिकटक र टेन्सेन्ट कम्पनीले सञ्चालन गरेको सन्देश पठाउने वीच्याटलाई लक्षित कार्यकारी आदेश ट्रम्प प्रशासनले चीनविरुद्ध चालेको पछिल्लो कदम हो ।ट्रम्पले के भने ?
दुवै आदेशमा ट्रम्पले सूचना र सञ्चार प्रविधि र सेवामा अतिरिक्त कदम लिन आवश्यक भएको आफूलाई लागेको उल्लेख गरेका छन् । “चीनमा विकसित र चिनियाँ कम्पनीको स्वामित्वमा भएका मोबाइल एपहरू अमेरिकामा फैलिँदा अमेरिकी राष्ट्रिय सुरक्षा, विदेशनीति र अर्थतन्त्रलाई निरन्तर खतरा भइराख्छ,” उनले भने ।

उनले दुवै एपलाई इङ्गित गर्दै “खतरा” भएको बताए । ट्रम्पले जारी गरेको आदेशमा टिकटकले डेटा सङ्कलन गर्दा चीनले अमेरिकी सरकारी कर्मचारीहरू पहिल्याउन सक्ने र तिनबारे व्यक्तिगत सूचना सङ्कलन गरी धम्क्याउन वा जासुसी गर्न सक्ने उल्लेख छ ।

उनले टिकटकले राजनीतिक रूपमा संवेदनशील सामग्री – जस्तै हङ्‌कङमा भएका विरोधप्रदर्शन र बेइजिङले अल्पसङ्ख्यक उइगुर मुस्लिम समुदायसँग गरेको व्यवहार – लाई सेन्सर गर्ने गरेको बताएका छन् । ट्रम्पका अनुसार अमेरिकी सरकारी निकायहरूका सरकारी फोनमा टिकटक प्रतिबन्ध भइसकेको छ । बाइटडान्स र टेन्सेन्टले यसबारे टिप्पणी गर्न अस्वीकार गरेका छन् ।पृष्ठभूमि के हो ?
गत शुक्रवार ट्रम्पले टिकटकलाई प्रतिबन्ध लगाउने घोषणा गरेपछि प्रविधि कम्पनी माइक्रोसफ्टले टिकटकलाई अमेरिकामा सञ्चालन गर्न आफूले किन्न लागेको बताएको थियो । यो साता ट्रम्पले अमेरिकी सरकारले विक्री मूल्यको “उल्लेख्य भाग” पाए माइक्रोसफ्टलाई बेच्ने कुराको समर्थन गर्ने बताए ।

तर उनले सेप्टेम्बर १५ देखि अमेरिकामा टिकटकलाई प्रतिबन्ध लगाउने चेतावनी दिएका थिए । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले टिकटक र वीच्याटको नाम उल्लेख गर्दै व्यक्तिगत एपमा चिनियाँ प्रविधिको प्रभावमा अमेरिकाले थप नियन्त्रण गर्ने घोषणा गरेको भोलिपल्ट यी कार्यकारी आदेशहरू आएका हुन् । गत वर्ष अमेरिकी सरकारले चिनियाँ सञ्चार कम्पनी ह्वावेई र जेडटीईविरुद्ध कारबाही गरेको थियो ।

तपाईको प्रतिक्रिया