Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

काठमाडौँ – मदन पुरस्कार गुठीले २०७६ को मदन पुरस्कारका लागि गत वर्ष प्रकाशित चर्चित पुस्तकमध्ये ७ पुस्तक छनोट गरेको छ । गुठीले कुल १५१ पुस्तकमध्येबाट जम्मा सात वटा पुस्तक अन्तिम सूचीमा छनोट गरेको बुधबार जानकारी दिएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

अन्तिम सूचीमा सूचीबद्ध गरिएका पुस्तकहरुमा विमल निभाको जोकरको बन्दुक, तीर्थ श्रेष्ठको धर्सैधर्साको चक्रव्यूह, भुवन ढुंगानाको परित्यक्ता, योगी घर्ममहारसको महारसनि महारसनिघण्टु (१-३), चन्द्र प्रकाश बानियाँको महारानी, ललित विष्टको मोहपथ र शारदा शर्माको यात्रामा रहेको गुठीका अध्यक्ष कुन्द दीक्षितले जानकारी दिएका छन् ।

२०७५ सालको मदन पुरस्कार रणहार कृतिका लागि सर्जक योगेश राजले पाएका थिए । स्व. ज. मदनशमशेर राणाको स्मृतिमा रानी जगदम्बाबाट स्थापित मदन पुरस्कारको घोषणा २०१२ साल असोज १० गते भएको थियो । पुरस्कार प्रदान गर्ने पहिलो घोषणा २०१३ सालमा भएको हो भने यसको वितरण २०१४ सालदेखि सुरू भएको हो ।

गुठीको निर्णयअनुसार प्रारम्भमा पुरस्कारको रकम ४ हजार रहेकोमा स्वर्णवर्षको अवसरमा २०६१ सालदेखि यसको रकम २ लाख पुर्याइएको थियो । २०१३ सालमा पहिलोपटक ‘हाम्रो लोकसंस्कृति’ का लागि सत्यमोहन जोशी, ‘जनरल भीमसेन थापा’ का लागि चित्तरञ्जएन नेपाली तथा ‘अधिकविभव स्थिरविद्युत् उत्पादक’ का लागि बलराम जोशीले मदन पुरस्कार प्राप्त गर्नुभएको थियो । २०३१ र २०३३ सालमा यो पुरस्कार कसैलाई प्रदान गरिएन ।

रानी जगदम्बाको स्वर्गारोहणपछि निजको पुण्य स्मृतिमा गुठीले २०४५ सालमा स्थापना गरेको रू एक लाखको पुरस्कार जगदम्बाश्री सोही सालबाट नै वितरण भएको हो र हाल यस पुरस्कारको रकम रू. दुई लाख छ । २०४५ सालमा नारायणगोपाल गुरूवाचार्यले सर्वप्रथम यो पुरस्कार प्राप्त गरेका थिए ।

मदन पुरस्कार एक वर्षभित्र नेपाली भाषामा निस्किएका उत्कृष्ट कृतिहरूमध्ये एक कृतिलाई प्रदान गरिने पुरस्कार हो भने जगदम्बाश्री नेपाली भाषा, संस्कृति, साहित्य लगायतका विविध क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने व्यक्ति वा संस्थालाई प्रदान गरिने पुरस्कार हो ।

तपाईको प्रतिक्रिया