Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

टोकियो – सर्वेक्षणअनुसार गत वर्ष महँगो शहरको सूचिमा दोस्रो स्थानमा रहेको टोकियो यस वर्ष एक स्थान तल झरेको हो । हङकङ भने लगातारतेस्रो वर्ष पनि महँगो शहरका रुपमा रहन सफल भएको छ ।

प्रतिवेदन अनुसार तुर्कमेनिस्तानको अश्गाबाट सर्वाधिक महँगो दोस्रो शहर बनेको छ । गत वर्ष भने यो सूचिमा साँतौं स्थानमा रहेको थियो।

एक स्थान माथि उक्लिएर स्वीटजरल्याण्डको जुरिख चौंथो स्थानमा आउँदा सिंंगापुर भने २ स्थान तल झरेर पाँचौं स्थानमा समेटिएकोछ । अमेरिकाको न्यूयोर्क सिटी सूचिको छैटौं स्थानमा छ ।

सूचीको शीर्ष १० भित्र पर्ने अन्य चार शहरमा चीनको साङहाई, जर्मनीको बर्न, स्वीटजरल्याण्डको जेनेभा र चीनको बेजिंग क्रमशः सातौंदेखि १० औं स्थानमा रहेका छन् ।

सर्वेक्षणमा हरेक शहरमा यातायात, खानेकुरा, लत्ताकपडा, घरायशी वस्तु लगायत २ सय भन्दा धेरै वस्तुको मूल्य मापन गरिएको थियो ।यस सर्वेक्षणमा न्यूयोर्क शहरलाई आधार शहरका रुपमा लिइएको छ । मुद्राको भाउमा हुने उतारचढाव भने अमेरिकी डलरमा आधारित छ।

सूचिको पुछारमा परेका शहरलाई आप्रवासीका लागि सबैभन्दा सस्तो शहर मान्दा ट्यूनिशियाको ट्यूनिश सर्वाधिक सस्तो शहर हो ।त्यस्तै गरी, नामिबियाको विन्डहोएक र उज्बेकिस्तानको ताश्केन्ट सर्वाधिक सस्तो दोस्रो शहरमा बराबरी छन् ।

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया