Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

टोकियो – विश्वमा धेरै थरीका फलफुलहरु छन् । स्वास्थ्यको लागि फाइदाजनक मानिने फलफुलहरु हामिले किनेर खाने गर्छौ । तर कुनै फुलफुल यस्ता हुन्छन् जुन किनेर खान पनि सकिदैन ।

जापानमा दुई गेडा खरबुजाले दुनियाँकै महंगो फलको रुपमा आफूलाई प्रमाणित गरेका छन् ।

खरबुजालाई हैसियतको संकेतको रूपमा मानिने जापानमा आयोजित एक लिलामीका दौरान एक जोडी खरबुजा २९ हजार ३ सय अमेरिकी डलर अर्थात् करीब ३१ लाख ६० हजार रुपैयाँमा बिक्री भएको थियो ।

युवारी नामले चर्चित ती खरबुजा उत्तरी होक्काइडोको साप्पोरो सेन्ट्रल होलसेल मार्केटमा रहेको एक स्थानीय फलफूल प्याकिंग कम्पनीले  महंगोमा खरीद गरेको थियो  ।

युवारी खरबुजालाई जापानका मानिसको सामाजिक प्रतिष्ठाको प्रतिकको रुपमा लिन्छन् । मानिसहरु प्रियजन तथा साथीहरुलाई उपहार दिनका लागि पनि युवारी खरबुजाको प्रयोग गर्दछन् ।

सामान्यतया पनि यो जातिको खरबुजाको मूल्य १०,००० येन पर्दछ ।

खरबुजाको आकार र त्यसको सुन्दरताले अझै धेरै महत्व राख्दछ । यसकारण पूर्णरुपमा गोलो खरबुजा निकै धेरै मूल्यमा बिक्री हुन्छ । साथै खरबुजाको वजनले पनि मूल्यको हकमा महत्त्व राख्दछ ।

तर यो खरबुजा जापानबाट बाहिर कमै निर्यात हुन्छ । यो खरबुजालाई सूर्यको प्रकाश नपारीकना हरित गृहमा फलाइन्छ ।

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया