Deneme Bonusu Veren Siteler
शनिबार, बैशाख ६, २०८२
Saturday, April 19, 2025

काठमाडौं – कुवेतमा रहेका तीन सय नेपाली आज उद्धारपछि काठमाडौं आइपुगेका छन् । उनीहरु एयरबस ए ३२०-२५१ एन दुई जहाजमा तीन सय नेपालीहरु स्वदेश फर्किएका हुन् । नेपाली महिला लिएर जजिरा एयरवेजका जहाजहरु नेपाल आएका हुन् ।साढे ११ बजे आइपुगेको एयरवेजको पहिलो जहाज काठमाडौंबाट कुवेत फर्किएको छ भने अर्को जहाज भर्खरै त्रिभुवन विमानस्थलमा अवतरण भएको छ । उनीहरुलाई नेपाली सेनाले धमाधम प्रदेश अनुसार होल्डिङ सेन्टर लगिरहेको छ ।त्यसपछि होटल क्वारेन्टिनमा बस्नेलाई होटलमा र अफ्नो घर फर्कनेलाई सम्बन्धित प्रदेश तथा स्थानीय तहको समन्वयमा पठाइने छ । उनीहरु १४ दिन सरकारले निर्धारण गरेको क्वारेन्टिनमा बस्नुपर्नेछ ।कुवेतले बिना जरिवाना स्वदेश फर्किन पाउने गरी अस्थायी क्याम्प र डिपोर्टटेसन सेन्टरमा राखिएका नेपालीलाई आफ्नै खर्चमा दैनिक दुईटा विमानमार्फत नेपाल पठाउन नेपाल सरकारसमक्ष प्रस्ताव राखेको थियो ।अस्थायी क्याम्प र डिपोर्टटेसन सेन्टरमा २ हजार ९ सय ९१ नेपाली छन् । तीमध्ये १ हजार ६ सय ८८ पुरुष र १ हजार ३ सय ३ महिला छन् । कुवेत सरकारका अनुसार यी सबै नेपाली नेपाल फर्काउन कम्तीमा २० उडान गराउने तयारी छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया