Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

काठमाडौँ – आपलाई सबै फलफुलको राजा भनिन्छ । अहिले आपको सिजन पनि शुरु भएको छ ।

आपको स्वादको बारेमा अपरिचित भने शायदै कोहि छ होला ।

बजारमा  विभिन्न किसिमका आप पाइने गर्दछ ।  तर जापानमा यस्तो आप पनि छ जसको मुल्य लाखौ पर्ने गर्दछ ।

जापानमा पाइने ताइयो नो तामागो अर्थात एग अफ द सन नामक आपलाई विश्वकै महँगो आप मानिन्छ । यो आप जापानको मियाजाकी राज्यमा उत्पादन हुने गर्दछ । हरेक बर्ष यस आपलाई बोली लगाएर बेच्ने गरिन्छ, जसले गर्दा यसको मुल्य  लाखौंसम्म पर्ने गर्दछ ।

यस आपको खेती विशेष प्रकारले गर्ने गरिन्छ । अन्य आपको जस्तो हरेक बर्षको उत्पादन गरेर बजारमा लैजाने भने यो आपको गरिदैन । विशेष अर्डर अनुसार यसको उत्पादन गरिन्छ र निश्चित व्यक्तिहरुलाई मात्र यो बेच्ने गरिन्छ । यो आपको आधा भाग रातो र आधा भाग पहेलो हुने गर्दछ ।

२०१७ मा यो आपको एक जोडीलाई यस्तै बोलि लगाइएको थियो जसलाई त्यति बेला ३६ सय डलरमा बेचिएको थियो । दुवै गरेर ७ सय ग्राम वजन आपको ३६ सय डलरमा बिक्रि भएको थियो । यसबाटै यो आपको किसिम र स्वाद अनुमान गर्न सकिन्छ । सामान्यरुपमा यस आपको मुल्य कम्तिमा एक जोडीको ११६ अमेरिकी डलर पर्ने गर्दछ भने अहिलेसम्मको उच्च मुल्य ३६६२ अमेरिकी डलरसम्म परेको छ ।

यसको उत्पादन विशेष किसिमले गर्ने गरिन्छ । आप फल्न शुरु हुनासाथ नै आपलाई विशेष जाली जस्तो गरि घेरिन्छ, जसले आपमा सुर्यको किरण सबै तिरबाट छिर्न भने सक्ने किसिमले बनाइएको हुन्छ । त्यो जालीले आपलाई कुनै किसिमले जमिनमा खस्न भने दिदैन । आप पाकेर रुखबाट छुट्टिएपछि सोहि जालीमै अड्किने किसिमले बनाइएको हुन्छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया