Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

काठमाडौं – परम्परालाई धान्न र समाजमा असल शासनमार्फत राम्रा कुराहरुको अनुशरण गर्न तथा नराम्रा कुराहरुलाई परिमार्जित गर्दै असल बन्नका लागि शास्त्रले महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ ।

पहिले पहिले शास्त्रलाई नै मूल कानून मानिन्थ्यो । यद्यपि अहिले पनि शास्त्रको मूल्य र मान्यता पहिले जत्तिकै छ । शास्त्रका अनुसार हामी साना-साना नराम्रा कुराको सिकार बनेका हुन्छौं । जसले हामीलाई धनि बन्न दिँदैन ।

धनी बन्न नदिने नराम्रा बानी र त्यसबाट बच्ने उपायबारे यहां संक्षिप्तमा चर्चा रिएको छ ।

बाथरुम सँधै सफा राख्नुहोस्
शास्त्रका अनुसार फोहोर बाथरुमले नोक्सान पुरयाउँछ । बाथरुम फोहोर गर्दा चन्द्रमाको स्थिति खराब हुन्छ जसले आर्थिक तनाब झेल्नुपर्छ । वैज्ञानिक दृष्टिकोणबाट पनि बाथरुम फोहर राख्दा विभिन्न रोगहरुको संक्रमण हुन्छ । जसले गर्दा थुप्रै रोगव्यादी लाग्ने खतरा हुन्छ र उपचारका क्रममा थुप्रै धन नाश हुन्छ । त्यसैले आफ्नो बाथरुम सँधै सफा राख्नुहोस् ।

थालमा खाना नछोडनुहोस्
शास्त्रका अनुसार थालमा खाना छोडनु हुँदैन । खाना खाइसकेपछि थाल सफा गर्नुपर्छ । यसो गर्दा लक्ष्मी माताको कृपा बन्छ र समृद्धि बढ्छ ।

विस्तरा सँधै सफा राख्नुहोस्
कहिले काँही हामीले घरको स-सानो काम पनि ध्यान दिँदैनौ । तर शास्त्रका अनुसार यो महत्वपूर्ण हुन्छ । यदि घरमा सधै आफ्नो बिस्तारा सफा गरेनौ भने घरमा दरिद्रि आउँछ त्यसैले सँधै बिस्तारा सफा गर्नु पर्छ । शास्त्रकाअनुसार बिस्तारा सधैं बिहानमा नै सफा गर्नुपर्छ । रातमा बिस्तारा सफा गर्दा घरमा नकरात्मक असर पर्छ ।

घरको आसपास नथुक्नुहोस्
घरको आसपास थुक्नाले दरिद्रता आउँछ । शास्त्रका अनुसार आसपास थुक्नाले लक्ष्मी रिसाउँछिन् । त्यसैले बाटो वा घरको आसपास थुक्न हुँदैन ।

सूर्यास्त पछि झाडु नलगाउनुहोस्
शास्त्रकानुसार सूर्यास्त पछि झाडु लगाउन हुँदैन । यस्तो गर्नु अशुभ मानिन्छ । शास्त्रका अनुसार सूर्यास्त भइसकेपछि झाडु लगाउनुको मतलब आफ्नो खुशीलाई झाडु लगाउनु हो ।

वास्तुमा ध्यान दिनुहोस्
आफ्नो घरको उत्तर दिशामा सकारात्मक चिज राख्नुहोस र यस दिशाको सरसफाइमा पनि बिशेष ध्यान दिनुहोस किनकि यस दिशामा कुबेरको घर हुन्छ । ***

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया