Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

लखनउ – कोरोना भाइरसले विश्व नै प्रभावित भइरहेको समयमा भारतको उत्तर प्रदेश राज्यस्थित वाराणसीमा एउटा मन्दिरका पुजारीले भगवानको मूर्तिमा पनि मास्क लगाइदिएका छन् ।

वाराणसीस्थित पहलादेश्वर महादेव मन्दिरका पुजारी कृष्णा आनन्द पाण्डेका अनुसार सबैतिर कोरोना भाइरसको असर देखिएका कारण मानिसलाई जागरुक गर्नका लागि भगवान शिवको मूर्तिमा मास्क लगाइएको हो ।

उक्त मन्दिरमा भगवानको मूर्तिलाई नछुन पनि अपिल गरिएको छ । मानिसहरुले संकटको बेलामा भगवानलाई सम्झने र मन्दिरमा पुगेर प्रार्थना गर्ने गरेकाले पनि सर्वसाधारणमा यस्तो संकट आइपरेको अवस्थामा मन्दिरमै जनचेतनामूलक गतिविधि गरिएको पुजारी पाण्डेको भनाइ छ ।

पछिल्लो समय मन्दिरमा आउने भक्तजनहरुले समेत मास्क लगाउन थालेको र हातले नछोइकन टाढैबाट पूजा गर्न थालेको उनको भनाइ छ । यसले कोरोनाबाट बच्न मानिसले अपनाउनुपर्ने सावधानीबारे सचेतना वृद्धि हुने उनको भनाइ छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया