Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

काठमाडौँ –  फिलिपिन्सको एउटा गाउँमा एक अर्काको कुरा काट्न प्रतिबन्ध लगाइएको छ ।

मनिलाको उत्तरी क्षेत्रबाट करिब दुई सय किलोमिटर टाढा रहेको सो गाउँमा त्यहाँका स्थानीय अधिकारीहरुले नयाँ कानून नै बनाएका छन् । कसैको अनावश्यक कुरा काटेको थाहा भएमा कारर्वाही अनुरुप शहरको फोहोर संकलन गर्न लगाइन्छ । पहिलो पटक कुरा काट्नेले ३.८ डलर तिर्नुपर्ने हुन्छ भने तीन घण्टासम्म सडकको फोहोर बटुल्नुपर्छ । साथै त्यही कुरा दोहोराउनेले २० डलरसम्म तिर्दै आठ घण्टासम्म फोहोर बटुल्नुपर्छ । मेयर र्‍यामन गुइकोले व्यक्तिको सम्बन्ध र आर्थिक विषयमा कुरा गरे त्यो दण्डनीय हुने बताएका छन् ।

आफ्नो छिमेकी गाउँ मोरेनोमा पनि सन् २०१७ देखिनै सो कानुन लागु गरिएको गुइको बताए । त्यहाँका स्थानीयले सार्वजनिक रुपमा कुरा काटेका कारण करिब १० डलर जरिवाना तिरिसकेका छन् भने फोहोरसमेत संकलण गरेका छन् ।

कुरा काट्नु समयको बर्बादी भएको बताउदै मेयर गुइकोले भने, ‘मानिसहरुले यो भन्दा निकै राम्रो काम गर्न सक्छन् । कुरा काट्ने प्रवृत्तिलाई प्रतिबन्ध लगाउँदा मानिसहरुको गुणस्तरीय जीवनमा सुधार ल्याउन सकिन्छ ।’

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया