Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

काठमाडौं – क्यानडाको राजधानी ओटावाका व्यवसायी ब्रुस म्याककनभिल अहिले सर्वत्र चर्चाको पात्र भएका छन् । यी धनाढ्यले सम्बन्ध विच्छेदपछि पूर्वपत्नीलाई दिनुपर्ला भनेर ११ करोडभन्दा बढी रुपैयाँ बराबरको नोट जलाइदिएका छन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

पूर्वपत्नीलाई क्षतिपूर्तिबापतको रकम नदिने नियतले करोडौँ रुपैयाँ जलाएको उनले अदालतलाई बताएका छन् । उनले न्यायाधीशलाई भनेका थिए, ‘म अत्यन्त भौतिकवादी मान्छे होइन । म सधैँ मितव्ययी रहेँ । त्यसैले ३१ वर्षसम्म व्यवसाय गर्न सकेँ ।’  उनको कुरा सुनेपछि न्यायाधीशले हप्काउँदै भनेका थिए, ‘तपाईं इमानदार हुनुहुन्न । तपाईंलाई विश्वास गर्न सकिन्न ।’

अघिल्लो मंगलबार उनले अदालतसमक्ष गत सेप्टेम्बर र डिसेम्बरमा गरी दुई पटक ११ करोड रुपैयाँभन्दा बढी मूल्यका नोट जलाएको बयान दिए ।  अदालतले उनलाई एक महिनाको जेल सजाय दिएको छ । अदालतले सम्बन्ध विच्छेदको प्रक्रिया टुंगो नलागुञ्जेल हरेक दिन दुई लाख रुपैयाँको दरले पूर्वपत्नीलाई उपलब्ध गराउनू भन्ने आदेश पनि दिएको छ ।

म्याककनभिल सन् २०१८ मा ओटावाको मेयरको चुनावमा उठेका थिए र हारेका थिए । पूर्वपत्नीलाई दिनुपर्ला भनेर करोडौँ रुपैयाँ जलाउने उनी मेयरमा चुनिएको भए के–के वितण्डा गर्थे होलान् भनी सामाजिक सञ्जालमा जिब्रो टोक्नेहरूको कमी छैन ।

तपाईको प्रतिक्रिया