Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

चीनको हुवे प्रान्तको राजधानी उहानबाट फैलिएको कोरोना भाइरसको महामारीले अहिले विश्वलाई नै आक्रान्त बनाएको छ । हालसम्म करीव २५ मुलुकमा फैलिसकेको यस भाइरसले महामारी ल्याउन थालेपछि विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले चीनलाई उच्च जोखिम मुलुकका रूपमा राख्दै बिश्वमा स्वास्थ्य संकटको घोषणा गरेको छ ।
वैज्ञानिक तवरबाट अझै पुष्टि हुन नसकेको कोरोना भाइरसका सम्बन्धमा तीब्र अनुसन्धान भइरहेको बताइए पनि कोरोना भाइरसका कारण हुने रोगको हालसम्म कुनै खास उपचार पत्ता लागेको छैन । यस भाइरसविरुद्ध हालसम्म कुनै खोप उपलब्ध छैन । भाइरसले निम्त्याएका लक्षणका आधारमा उपचार गर्नुपर्ने अवस्था छ ।
चीनमा अहिलेसम्म ४२ हजार २ सय ४६ लाई कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । १५ हजार दुई सय ३८ जना निगरानीमा रहेको बताइएको छ । चीन बाहिर २५ देशमा २ सय ७० जनालाई उक्त भाइरस संक्रमण भएको छ । संक्रमितहरुमा ८२ प्रतिशतमा मध्यम प्रभाव, १५ प्रतिशतमा नराम्रो प्रभाव ३ प्रतिशत गम्भीर जोखिममा रहेको बिश्व स्वास्थ्य संगठनले जनाएको छ ।
भाइरस संक्रमणले उपचारमा संलग्न एकजजना चिकित्सक, एकजना अमेरिकी र एकजना जापानीसहित हालसम्म ७ सय २२ जनाको मृत्यु भएको छ । जसमध्य एकजनाको हङकङमा र अर्को फिलिपिन्समा मृत्यु भएको हो ।

उता उहानमा दुई सयभन्दा बढी नेपाली विद्यार्थी बन्दीसरहको जीवन बिताउन बाध्य छन् । कोठाभित्र थुनिएर बस्न बाध्य भएका उनीहरू स्वदेश फर्कन आतुर छन् । छिमेकी मुलुक भारत, बंगलादेश, माल्दिभ्स लगायतले आफ्ना नागरिकलाई फिर्ता लगिसकेका छन् । नेपाल सरकारले भने आफ्ना नागरिक स्वदेश फर्काउनमा गरेको विलम्बताले थप चिन्ता बढाएको छ ।
कोरोना भाइरसको महामारीका कारण नेपाल भ्रमण वर्ष २०२० प्रारम्भमै नराम्रोसंग प्रभावित हुन पुगेको छ । भारतीयपछि नेपाल आउने पर्यटकहरुमा चिनियाँ पर्दछन् । ठूलो संख्यामा पर्यटक आउने अपेक्षा गरिएको छिमेकी देश चीनबाट महामारी फैलिएपछि भ्रमण बर्ष प्रभावित भएको हो ।
कोरोना भाइरसबाट बच्न यता जापानमा पनि उच्च सतर्कता अपनाउन भनिएको छ । संकटको यो घडीमा नआत्तिनुका साथै अफवाह र हल्लाको पछाडि नलागी सत्य-तथ्य सूचनाबारे अपडेट हुन आवश्यक छ । भाइरसको संक्रमणबाट आफु बच्न र अरूलाई पनि बचाउन सबैले ध्यान दिनुपर्छ । यसको जोखिम न्यूनीकरणका लागि नियमित रूपमा साबुन पानीले हात धुने, खोक्दा, हाच्छ्युँ गर्दा नाक र मुख छोप्ने, फ्लुजस्ता लक्षण देखिएमा चिकित्सकसंग परामर्श लिने, जंगली तथा घरपालुवा पशुपन्छीसंगको असुरक्षित सम्पर्कबाट टाढा रहने, पशुजन्य मासु तथा अण्डा राम्रोसंग पकाएर मात्र खाने, अनिवार्य मास्क प्रयोग गर्ने, भिडभाडमा सकेसम्म नजाने, अति आवश्यक कामबाहेक सकेसम्म घरबाहिर ननिस्कने जस्ता बिषयमा ध्यान दिनुपर्ने बताईएको छ ।

दशौं बर्षलाई पुग्ने खाद्यान्नको जोहो गर्न सक्ने देश जापानमा कोरोना भाइरसको महामारीले गर्दा बजारमा मास्कको तीब्र अभाव देखिएको छ । अघिल्लो हप्तादेखि बजारमा सर्बसुलभरुपमा मास्क उपलब्ध छैनन् । यो महामारीको चीनपछिको दोस्रो प्रभावित राष्ट्र जापानको नेपाली समुदायमा क्रियाशील संघसंस्था र यहाँस्थित राजदूतावासबाट आफ्ना नागरिकलाई सजग र सतर्क बनाउन नियमित सचेतनामुलक सूचना प्रवाह हुनु आवश्यक छ । करीव लाखको हाराहारीमा रहेका यहाँका नेपालीहरुलाई सुरक्षित रहन संभवभएसम्मका उपायहरु अवलम्बन गर्न आ-आफ्नो तर्फबाट सबैले भूमिका निर्बाह गर्नुपर्दछ । सञ्चारमाध्यम तथा सामाजिक सञ्जालहरुमार्फत सत्यतथ्य एवं सचेतनामुलक सन्देश नियमित अपडेट गरेर सर्बसाधारणलाई जानकारी गराउन आवश्यक छ । दिनप्रतिदिन संक्रमण फैलिदैं गएको र हालसम्म कुनै उपचार विधि एवं खोप पत्ता नलागेको अवस्थामा कोरोना भाइरसको जोखिम अझै लम्बिन सक्ने देखिन्छ । त्यसकारण पनि प्राणघातक महामारीको लम्बिदो संवेदनशील स्थितिलाई ध्यानमा राख्दै सबैले उच्च र्सतर्कता अपनाई आफु पनि बचौं र अरुलाई बचाऔं ।***

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया