Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

भक्तपुर – बाबुकाजी कसपालको जीवनीमा आधारित पुस्तक ‘कृपा’ र उहाँको १२ बर्षे नाति अधिश्री कसपालको गीति एल्बम ‘सुवासमा अधिश्री’ को हालै एक समारोहका बीच बिमोचन भएको छ ।

पूर्व सचिव, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष, नेपाल बैंकका पूर्व अध्यक्ष, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका संस्थापक कार्यकारी निर्देशक गोरक्षबहादुर न्हूछें प्रधानको सभापतित्व, वरिष्ठ चलचित्रकर्मी, गीतकार, लेखक एबं वरिष्ठ संस्कृतिविद् चेतन कार्कीको प्रमुख आतिथ्यता र बिभिन्न क्षेत्रका प्रबुद्ध ब्यक्तिहरुको बाक्लो सहभागिता सहितको करीब ६०० जनाको उपस्थितिमा

प्रमुख अतिथि चेतन कार्कीले कुनै पनि देशको गौरब त्यो देशको भाषा, संस्कृति र कलाको संबृद्धिमा भर पर्ने बताउँदै भाषा, संस्कृति र कलाको भक्त भएको कारण भक्तपुरको नाम भक्तपुर रहन गएको चर्चा गर्नुभयो । लुम्बिनी-कपिलवस्तु बिश्व अभियानका संयोजक रामकुमार श्रेष्ठको मन्तब्यको प्रसंग कोट्याउँदै बिदेशमा रहेर बिभिन्न देशमा वुद्ध जन्मस्थल बिषयमा गरेका उल्लेखनीय काम र हासिल गरेका उपलब्धीको प्रसंशा गर्नुभयो । आत्माकथा मसीले होइन मुटुको रगतले लेखिनुपर्ने धारणा कार्कीको थियो ।

लुम्बिनी-कपिलवस्तु बिश्व अभियानका संयोजक रामकुमार श्रेष्ठले सरकारले गर्नुपर्ने काम सरकारले नगरेका कारण जनस्तरबाट गरिराख्नु परेको र राष्ट्रिय अन्तरराष्ट्रिय महत्वका धेरै उपलब्धी हासिल गरिसकेको फेहरिस्त पेश गर्दै अभियानका तर्फबाट सरकार प्रमुख र सरकार प्रमुखको जिम्मेवारी बहन गरिसकेका ब्यक्तिहरुले आफैले बुझेर गर्नुपर्ने कामहरुलाई गर्नका लागि घचघच्याउने र झकझक्याउने काम बेला बखत गरिराख्दा पनि त्यस्ता महत्वपूर्ण कामहरु हुन नसकेकोमा चिन्ता ब्यक्त गर्नुभयो ।

पूर्व न्यायाधिबक्ता एबं ‘काठमाण्डौं स्कूल अफ ल’ का कार्यकारी निर्देशक डा. युबराज संग्रौलाले जो आफ्नो देशप्रति इमान्दार बन्न सक्तैन ऊ अरुको देशप्रति पनि इमान्दार हुन सक्तैन भन्दै बिमोचित पुस्तक ‘कृपा’ का लेखक बाबुकाजी कसपालको शरीरबाट नेपालको गन्ध आउने बताउनुभयो । ७०० बर्ष अगाडिको कला र संस्कृतिले अर्थ राख्दा दुई-अढाई सय बर्षको इतिहास बोकेको राजनीतिले अर्थ राख्न नसकेको चर्चा डा. संग्रौलाले गर्नुभयो ।

‘कृपा’ पुस्तकको समिक्षा गर्दै वरिष्ठ साहित्यकार, संचारकर्मी एबं चलचित्रकर्मी प्रकाश सायमीले आत्मकथा जस्ता पुस्तकहरुमा कलंकित ब्यक्तिहरुको प्रसंग उल्लेख नै नगरिएको राम्रो भन्दै पैसा दिएर लेख्न लगाएर आत्मकथा तथा अन्य साहित्य मार्फत सस्तो लोकप्रियता लिएर जनताका बीच आउनेहरु पनि भएको चर्चा गर्नुभयो ।

बिमोचित गीति एल्बममा एकल रचना संग्रहित भएका वरिष्ठ रचनाकार सुवासचन्द्र ढुंगेलले जीवनप्रतिको दृष्‍टिकोणबारे चर्चा गर्नुभएको थियो ।

मोटिभेशनल स्पिकर एबं मोर्डन स्कुल एबं कलेजका सल्लाहकार रविन कटवालले कसपल परिवार आफैमा पुस्तक जस्तो भएको बताउनुभयो ।

कार्यक्रममा आकर्षक नाचका साथै बिमोचित एल्बमका अधिश्री र उनकी दिदी सर्वश्रीले गीत गाएका थिए । बिमोचित एल्बमको गीत ‘कोही हुन्छन’ गीतको भिज्युयलमा वरिष्ठ नायक सरोज खनालको भूमिका रहेको छ । एल्बमको समिक्षा वरिष्ठ संगीतकार राजु सिंले गर्नुभएको थियो ।

पत्रकार एबं साहित्यकार सुशिल चालिसेद्वारा संचालन गरिएको कार्यक्रममा नेपाल भाषाका द बेस्ट मोडल एबं दुई बर्षमा नै सवा दर्जनभन्दा बढी म्युजिक भिडियोमा भूमिका निर्बाह गर्ने शोभा महर्जन, पूर्व शिक्षा निर्देशक र मोडर्न कलेजका सल्लाहकार सुन्दरकुमार शाक्य, वरिष्ठ रेडियोकर्मी धन लामा, वरिष्ठ गायक दिपक खरेल, नेपाल कपडा तथा सिलाइ ब्यवसायी महासंघका राष्ट्रिय अध्यक्ष रामकृष्ण श्रेष्ठ, वरिष्ठ नाट्य कलाकार हरिबहादुर थापा, वरिष्ठ तबला बाधक र संगीतकार मनराजा नकर्मी, वरिष्ठ गीतकार नारायणकुमार आचार्य, वरिष्ठ साहित्यकार र रेडियोकर्मी धुव्र मधिकर्मी, वरिष्ठ साहित्यकार मुरारी सिग्देल, महेश खड्का, हरि लम्साल, गीति एल्बमको एरेन्जरहरू श्री प्रकाश मिश्र, महाराज थापा, अजर जंगम, किशोर थापा, चन्द्र चौधरी, चर्चित गायक तथा संगीतकार शैलेश सिं, चर्चित बाद्यबाधक बिक्रम कार्की, सुरशाला एकेडेमीका अध्यक्ष, गायक अमृत क्षेत्री, मोडर्न स्कुलका संगीत शिक्षक गायक तथा संगीतकार, क्षितिज कुलुङ, गायक, संगीतकार तथा संगीत शिक्षक हेमजंग थामी, बिजय कायस्थ, केन्द्रीय प्याब्सनको केन्द्रीय प्राज्ञिक सल्लाहकार श्री राजकुमार महर्जन, केन्द्रीय सचिव श्री भुवनलाल श्रेष्ठ, केन्द्रीय कोषाध्यक्ष श्री गणेशबाबू पोखरेल, केन्द्रीय सदस्य धर्मरत्न खाईतु, प्याब्सन प्रदेश ३ उपाध्यक्ष निरू ढकाल, प्रदेश ३ सदस्य बिना पाण्डे, जिल्ला प्याब्सन भक्तपुरका वरिष्ठ सल्लाहकार भक्तराज भण्डारी , प्रमुख सल्लाहकार श्रीकृष्ण केसी, जिल्ला अध्यक्ष चन्द्र अधिकारी, नगर अध्यक्ष भक्तपुर, रमेशचन्द्र श्रेष्ठ, नगर अध्यक्ष मध्यपुर थिमि निलेश आचार्य, नगर अध्यक्ष सूर्य विनायक सानुराजा कार्की, नगर अध्यक्ष चाँगु राममणी न्यौपाने, एन प्याब्सन भक्तपुर अध्यक्ष जी बी खड्का, हिसान भक्तपुरका सल्लाहकार शिवकृष्णा श्रेष्ठ, हनुमन्ते नदी सरसफाइ अभियानका अगुवा अभियन्ता तथा योग गुरु नवराज काफ्ले, भक्तपुर सांगीतिक समाजका अध्यक्ष प्रविण शाही, सचिव अल्वट बज्राचार्य, चर्चित धिमेबाधक इन्दिरा लाक्षिमसिउ, गायक मानसराज, राग रागिनी इन्टरटेन्मन्टका अध्यक्ष कपिल कसपाल आदिको उपस्थिति थियो ।***

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया