Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

काठमाडाैं – बच्चाहरूलाई हँसाउनका लागि प्रायः काउकुती लगाइने गरिन्छ । अनि उनीहरू खुलेर हाँस्छन् । बच्चालाई मात्र नभई ठूला मान्छेलाई पनि शरीरका निश्चित अंगमा काउकुती लगाउँदा हाँसउठ्छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तर किन काउकुती लाग्छ र लागेपछि किन हाँसउठ्छ कहिल्यै विचार गर्नुभएको छ ? खासमा हाम्रो शरीरका केही हर्मोन्स र संवेदनशीलताका कारण काउकुती लाग्छ । हाम्रो छालाको सबभन्दा बाहिरी पत्रलाई एपिडर्मिस भनिन्छ र त्यो कैयौं नसाहरूसँग जोडिएको हुन्छ । अनि कसैले हाम्रो छालालाई छुँदा त्यसको सन्देश हाम्रो मस्तिष्कमा पुग्छ र उसले यो स्पर्शको विश्लेषण गर्छ ।

वैज्ञानिकहरूका अनुसार काउकुती लगाउँदा शरीर खुम्चिन्छ । अनि हाड कम भएका अंगमा बढी काउकुती लाग्छ, जस्तो पेट र पाइताला । काउकुती दुईथरीका हुन्छन् : निसमेसिस र गार्गालेसिस । निसमेसिसमा शरीरमा हलुका स्पर्श हुँदा पनि छालाले मस्तिष्कलाई तत्कालै सन्देश पु–याउँछ । गार्गालेसिसमा चाहिँ पेट, कोखा र गलामा औंलाले छुँदा काउकुती लागेर हाँसो छुट्छ ।

वैज्ञानिकहरूका अनुसार काउकुती लाग्दा मानिसको दिमागको त्यही भाग सक्रिय हुन्छ जसले व्यक्तिलाई पीडाको पनि सूचना दिने गर्छ । त्यसैले काउकुती लगाउँदा मस्तिष्कले शरीरलाई पहिल्यै सतर्क गरिदिन्छ । कुनै व्यक्ति एकदमै रिसाएको बेलामा उसलाई काउकुती कम लाग्छ र लागेपनि हाँसो उठ्दैन ।

यसको उल्टो हामीले अर्को व्यक्तिलाई काउकुती लगाउँदा हामीमा कुनै पनि भय रहँदैन र हाम्रो दिमागको अन्य भागबाट प्राप्त संवेदात्मक संकेत नियन्त्रणमा रहन्छ । यसले गर्दा हामीलाई आफैंलाई काउकुती लगाउँदा हाँसो नउठेको हो ।

तपाईको प्रतिक्रिया