Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

काठमाडौँ – मानिसलाई चन्द्रमामा पुग्ने सपना जस्तै थियो । तर, अन्तरीक्षयात्रीहरु पुगेर फर्किए । तर, धेरै मानिसहरुका लागि यो अझै सपनामै सिमित छ । खर्च गर्नेहरुलाई पनि चन्द्रमामा लान सकिने तयारी भइरहेको छ । अन्तरीक्षमा केही पर्यटक पुगेर फर्किइसके । अब पैसा तिरेर जान चाहनेका लागि तयारी अन्र्तगत नासाले आफ्नो कार्यक्रममा घोषणा गरेको थियो । चन्द्रमामा मानिसलाई पुग्न एक प्रयासको रुपमा जारी गरिएको कार्यक्रम हो । कन्स्टेलेसन कार्यक्रम मूल रूपमा संयुक्त कार्यक्रम अन्तर्गत चन्द्रमा सम्म लाग्ने सुरुवात प्रणालीको विकास गर्न कोशिस गर्ने बताइएको छ ।

यो कार्यक्रमको कुल खर्च ९७ अर्व डलर रहेको छ । यसअघि अत्याधिक खर्च हुने र प्रगति नभएका कारण अमेरिकी राष्ट्रपति बाराक ओबामाको पालामा समाप्त गर्ने आदेश दिएका थिए ।कन्स्टेलेसन स्पेस ला‘न्च सिस्टम (एसएलएस) द्वारा पुनःकार्यक्रम सुरुवात गर्ने घोषणा गरिएको थियो । जसको विकासको लागिकरिब १५–३० अर्ब डलर खर्च हुने अनुमान गरिएको छ । एस.एल.एस. प्लानमिशनतर्फ बढी उन्मुख रहेको अपेक्षा गरिएको छ । यसले चालकदललाई लैजाने र चन्द्र कक्षमा अवतरण गर्न सक्ने अनुमान गरिरहेको छ ।

नासाको अनुसार आधुनिकचन्द्र ल्याण्डर अझै विकसित भएको छैन । एक सफल प्रयासको योजना रहेको छ । निरन्तर यसमा प्रयास जारी रहेको समेत नासाको प्रतिवद्धता रहेको छ । एसएलएस कार्यक्रम अझ सम्म निरन्तर रुपमा काम गरिरहेको जनाइएको छ । यसको निर्धारण गरिएको पुजीले यसलाई निरन्तरता दिने अनुमान गरिएको छ । नया चन्द्र ल्यान्डरबाट यसलाई सफल बनाउने प्रयास गरिएको छ । चन्द्र ल्यान्डरको लागत करिब २.२ अर्ब हुनसक्ने बताइएको छ । यसका लागि प्रयास जारी रहेको नासाको भनाइ छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया