Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ११, २०८२
Thursday, April 24, 2025

काठमाडौं – भारतले चन्द्रमामा पठाएको चन्द्रयान-२ सम्पर्कबिहीन भएको छ । चन्द्रयान-२ चन्द्रमामा अवतरण गर्ने बेलादेखि सम्पर्कबिहीन भएको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

भारतीय अन्तरीक्ष अनुसन्धान संगठन (इसरो) का अनुसार राति साढे १ बजेदेखि २ बजेको बीचमा चन्द्रमामा अवतरण गराउने योजना अनुसार काम भएपनि अवतरण गर्नै लागेपछि सम्पर्क टुटेको थियो । चन्द्रयान-२ को सफल अवतरण र उसले गर्ने अनुसन्धान हेर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भारतीय अन्तरीक्ष अनुसन्धान संगठन (इसरो) को कार्यालय पुगेका थिए ।

तर अन्तिम समयमा प्राविधिकहरुले सम्पर्क टुटेको खबर सुनाएपछि उनी निराश हुँदै फर्किएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् । इसरोका अध्यक्ष के.सिवनले चन्द्रमा नजिकै पुगेको बेला सम्पर्क टुटेको जानकारी गराउँदै भने, ‘चन्द्रमाको सतहभन्दा २.१ किलोमिटरसम्ब सबै सामान्य थियो, तर त्यसपछि सम्पर्क टुट्यो । अब डाटाको समीक्षा गरिँदै छ ।’

प्राविधिक कारणले एक हप्तासम्म स्थगित गरिएको चन्द्रयानलाई भारतले गत साउन ६ गते अन्तरिक्षमा पठाएको थियो ।

तपाईको प्रतिक्रिया