Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ११, २०८२
Thursday, April 24, 2025

काठमाडाैं – विश्वको सबभन्दा पुरानो निरन्तर चलिरहेको वेबक्याम २५ वर्षपछि बन्द गरिँदैछ । सन् १९९४ मा उक्त ‘फग क्याम’ जडान गरिएको थियो । त्यसको उद्देश्य सान फ्रान्सिस्कोको स्टेट युनिभर्सिटी क्याम्पसमा मौसम कसरी परिवर्तन भइरहन्छ भनेर अवलोकन गर्नुथियो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

त्यसपछि उक्त वेबक्यामले नियमित मर्म सम्भारको बेलाबाहेक निरन्तर प्रसारण गरिरह्यो । यसका निर्माताहरूले अब उक्त वेबक्याम राख्ने उपयुक्त स्थान नभएकाले बन्द गर्न लागिएको बताएका छन् । ड्यान वङसँग मिलेर उक्त वेबक्याम जडान गरेका जेफ स्वार्जले अगस्ट ३० मा बन्द हुने बताए ।

‘हामीलाई लाग्यो अब यो बन्द गरिनुपर्छ,’ स्वार्जले एसएफ गेट पत्रिकालाई भने । सो फगक्याम बन्द गरिएपनि यसले प्रसारण गर्ने भिडिओ देखाउने वेबसाइट भने चलिरहनेछ । स्वार्जका अनुसार सन् १९९३ मा केम्ब्रिज विश्वविद्यालयमा राखिएको संसारकै पहिलो लाइभ-क्यामबाट प्रेरित भई उक्त वेबक्याम उनले जडान गरेका हुन् । केम्ब्रिजको सो लाइभ-क्याम सन् २००१ मै बन्द भएको थियो ।

सन् १९९४ ताका स्वार्ज र वङ उदाउँदा प्रोगामर थिए । वेबक्याम प्रोजेक्टलाई उनीहरूले कोडिङको अभ्यास गर्न र प्राम्भिक चरणको वेब प्रविधि बुझ्न प्रयोग गरेका थिए । ‘यो सानो पहल थियो तर यसको आफ्नै जीवनजस्तो बन्यो,’ उनले पत्रिकालाई भने । ‘मानिसहरूले रुचाएका कारण हामीले यसलाई चलाइरह्यौँ ।’ ‘हाम्रो वेबक्याम इन्टरनेटका प्रारम्भिक दिनहरू सम्झाउने प्रतीक पनि हो,’ स्वार्जले भने ।

तपाईको प्रतिक्रिया