Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ११, २०८२
Thursday, April 24, 2025

काठमाडाैं – भारतले चन्द्र अभियानअन्तर्गत पठाएको चन्द्रयान-२ मंगलबार चन्द्रमाको कक्षमा प्रवेश गरेको छ । मंगलबार बिहान भारतीय समयानुसार ९ बजेर २ मिनेटमा चन्द्रयान-२ चन्द्रमाको कक्षमा स्थापित भएको थियो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

चन्द्रमाको कक्षमा पूर्णरुपमा स्थापित हुन चन्द्रयान-२ लाई करिब आधा घण्टा समय लागेको भारतीय अन्तरिक्ष एजेन्सी (इसरो) ले जनाएको छ । २३ दिनसम्म पृथ्वीको परिक्रमा लगाएको यानलाई चन्द्रमाको कक्षसम्म पुग्न सातदिन लागेको थियो । अब यो यानले १३ दिनसम्म चन्द्रमाको परिक्रमा गर्ने इसरोले जनाएको छ ।

यसपछि भने आगामी सेप्टेम्बर ७ तारिख (भदौ २१ गते) चन्द्रयान-२ चन्द्र सतह दक्षिणी ध्रुवमा उत्रिने छ । इसरोका प्रमुख के सिवनले यो मिसनको सबैभन्दा जटिल यात्रा पूरा भएको जानकारी दिएका छन् । उनका अनुसार यानको इन्जिन अब चारपटक सञ्चालन गरिनेछ । यसपछि भने विभिन्न चरण पूरा गर्दै सेप्टेम्बर ७ मा चन्द्रयान-२ चन्द्र सतहमा अवतरण गर्ने छ । ल्याण्डर र रोबरले चन्द्र सतहमा १५ दिनसम्म विभिन्न अनुसन्धान तथा अध्ययनको काम गर्ने छन् ।

चन्द्रयान-२ गत जुलाई २२ तारिखमा प्रक्षेपण गरिएको थियो । त्यसअघि नै जुलाई १५ मा प्रक्षेपण गर्ने योजना भए पनि प्राविधिक खराबीका कारण प्रक्षेपणको मिति पछाडी सारिएको थियो । यो अभियान सफल भए भारत चन्द्रमामा यान पठाउन सफल विश्वको चौथो राष्ट्र बन्ने छ ।

तपाईको प्रतिक्रिया