Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ११, २०८२
Thursday, April 24, 2025

काठमाडौँ – फेसबुकले आफ्ना दुई लोकप्रिय सामाजिक सञ्जाल इन्स्टाग्राम र ह्वाट्सएपलाई एउटै ब्राण्ड बनाउने भएको छ । यसका लागि फेसबुकले यी दुई सामाजिक सञ्जालको नाम परिवर्तन गर्न लागेको छ । दुवैलाई फेसबुकसँग जोड्दै इन्स्टाग्रामको नाम ‘इन्स्टाग्राम फ्रम फेसबुक’ र ह्वाट्सएपको नाम ‘ह्वाट्सएपफ्रम फेसबुक’ राखिने बताइएको छ ।

कम्पनीले फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपलाई एउटै ब्रान्डका रुपमा जोड्नका निम्ति यस्तो निर्णय लिएको इन्डिपेन्डेन्टले बताएको छ । ह्वाट्स एप र इन्स्टाग्राम दुवै फेसबुक कम्पनीकै भए पनि तिनलाई छुट्टै एपका रुपमा सञ्चालन गरिँदै आएको थियो । यसैकारण हामीले ह्वाट्सएप वा फेसबुक चलाउँदा तिनीहरु फेसबुक कम्पनीका हुन् भन्ने कतै आभास हुँदैन ।

तर अब भने कम्पनीले स्पष्ट रुपमा यी तीन एपहरु जोडिएको र एउटै ब्रान्डको भएको देखाउन लागेको बताइएको छ । यस्तोमा गुगल प्ले र एप स्टोरमा समेत तिनको नाम यही हुने बताइएको छ । हाम्रो फोनको होमस्क्रिनमा भने एपको नाम अहिलेका लागि यथावत् राखिन सक्ने बताइएको छ ।

फेसबुककै हिस्सा भएको स्पष्ट पार्नका लागि कम्पनीले यस्तो निर्णय गरेको हो । किनकि यसअघि नै फेसबुक कम्पनीले यी तीन एपको संरचना एउटै बनाइएको घोषणा गरेको थियो । जसमा प्रयोगकर्ताले इन्स्टाग्रामबाट पठाएको म्यासेज ह्वाट्सएप च्याटमा पठाउन मिल्ने सेवा प्रदान गरिने बारेमा फेसबुकका प्रमुख मार्क जुकरबर्ग आफैँले उल्लेख गरेका थिए ।

उनका अनुसार अहिले मान्छेले फेसबुकमा म्यासेज पठाउन म्यासेन्जरकै प्रयोग गर्नुपर्छ र इन्स्टाग्राममा पनि त्यस्तै छ भने ह्वाट्सएपमार्फत च्याट गर्न पनि ह्वाट्सएपनै खोल्नुपर्छ । त्यसैले आफूहरुले प्रयोगकर्तालाई सम्पर्क गर्न भिन्दाभिन्दै विकल्प प्रदान गर्न चाहेकाले नै यस्तो गर्न लागिएको उनले बताएका थिए ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया