Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

काठमाडौँ – महिला पुरुष समान हो । हरेक महिलाले गर्ने काम पुरुषले र पुरुषले गर्ने काम महिलाले गर्नुपर्दछ भन्ने मानिसलाई लाग्छ । तर, धर्म शास्त्रले महिला र पुरुषका लागि विभिन्न नियम बनाएको छ । शास्त्रले कतिपय कुरा महिलाले गर्न नहुने भनेको छ । यस्ता काम पुरुषले मात्र गर्नु पर्ने शास्त्रको भनाइ छ । महिलालाई सानो देखाउन वा उनीहरु दक्ष नभएकाले यसरी कार्य विभाजन गरिएको भने होइन । विभिन्न कार्य गर्दा महिलाको निश्चित शारिरीक अंगमा दवाव पर्ने जसले शरीरलाई फाइदा नपु-याउने हुँदा यसरी कार्य विभाजन गरिएको धर्ममा उल्लेख छ ।

शास्त्रका अनुसार महिलाले गर्न नहुने कार्यहरु –

१. नरिवल फुटाउनु

धार्मिक मान्यता अनुसार महिलाले नरिवल फुटाउनु शुभ मानिँदैन । यसका लागि पुरुषले मात्र नरिवल फुटाउनु पर्ने शास्त्रको भनाइ छ । मन्दिरमा नरिवल फुटाउँदा महिला नभएर पुरुषले मात्र फुटाउने गरिन्छ । यसको कारण भने मन्दिरमा नरिवल फुटाउनु कुनै पनि शुभ कार्यको कामना गर्नु हो । यसरी नरिवल फुटाउँदा एकै पल्टमा फुटेको राम्रो र शुभ मानिन्छ । प्रकृतिले नै महिलालाई भन्दा पुरुषलाई बढी बल वा तागत दिएको छ । महिलाले भन्दा पुरुषले एकै पल्टमा नरिवल फुटाउन सक्ने भएकाले महिलाले मन्दिरमा नरिवल फुटाउनु शुभ नमानिएको हो ।

२. जनै लगाउने
महिलालाई जनै लगाउन नहुने शास्त्रको भनाइ छ । यज्ञोपवित पनि भनिने जनै पुरुषले मात्र धारण गर्न सक्छन् ।

३.बलि चडाउने

देवी देवतालाई बलि चडाउने काम पनि महिलाले गर्दैनन् । महिलाहरु धेरै भावुक हुने भएकाले यसरी बली चढाउँदा उनीहरुलाई नराम्रो असर गर्न सक्ने भएकाले धार्मिक मान्यता अनुसार पुरुषले मात्र बलि चढाउनु पर्छ ।

४.ॐ मन्त्र

धर्म शास्त्र अनुसार महिलाले ॐ भनिने मन्त्र जप्नु शुभ मानिँदैन । ॐ मन्त्र बोल्दा नाभी क्षेत्रमा दवाव पैदा हुने र यस्तो दवाव महिलालाई राम्रो नमानिने हुँदा महिलाले ॐ मन्त्र नजप्ने धार्मिक मान्यता छ ।

५.हनुमानको पुजा र स्पर्स

हनुमानलाई ब्रम्हचारी मानिन्छ । यसकारण हनुमानको पुजा महिलाले गर्छन् तर हनुमानको मुर्ती स्त्रीले छुनु राम्रो मानिदैन ।

६.गायत्री मन्त्र

महिलाले गायत्री मन्त्र पनि जप्नु हुँदैन । शास्त्रका अनुसार गायत्री मन्त्र महिलाले जप्नु अशुभ हुन्छ । गायत्री मन्त्र जप गर्दा शरीरमा पैदा हुने कम्पनले महिलालाई फाइदा नपु¥याउने र पुरुषले सोही मन्त्र जप गर्दा कम्पन पैदा हुने भएकाले महिलाले यो मन्त्र जप नगर्नु भनिएको हो । पछिल्लो समय महिलाले पनि गायत्री मन्त्र जप्न थालेका छन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया