Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

टोकियो – जापानमा रहेका नेपालीहरुका लागि भिसा, यहांको करप्रणाली, व्यवसायिक कारोवारको लेखा व्यवस्थापन र सो संग सम्बन्धित लाग्ने कर लगायतका बिषयमा जानकारी होस् भन्ने उद्देश्यले जापानबाट बिगत लामो समयदेखि प्रकाशित हुंदै आएको पहिलो र नेपाली भाषाको एक मात्र पत्रिका ‘नेपाली समाचार’ मा सुरु गरिएको प्रश्नोत्तर स्तम्भ ‘हेलो सेन्सेइ !’ मा प्रकाशित सामग्री यहां साभार गरिएको छ । उक्त स्तम्भ मार्फत सम्बन्धित बिषयका विज्ञद्वारा यहाँहरुको जिज्ञासा मेटाउने प्रयास गरिएको छ । यहाँहरुले पनि देहायको इमेलमा जिज्ञासा पठाउन सक्नुहुने छ ।

Q:परिवर्तित नयाँ नियमअनुसार जापानको स्थायी (एइज्युउ) भिसा आवेदन गर्दा के के कागजात आवश्यक पर्छ ?
A:यो बर्षको जुलाई १ तारिखबाट स्थायी भिसा एप्लाई गर्ने बेलामा बुझाउनुपर्ने र चेक गरिने कागजात बढाइएको छ र यो पनि धेरै बर्षको बुझाउनुपर्ने भएको छ । आवेदक वर्किङ र डिपेन्डेन्ट भिसा भएको अवस्थामा निम्न लिखित कागजात तयारी गर्नुपर्दछ ।
क. आवेदन फारम (सिन्सेइश्यो)
ख. अनुहारको फोटो, पासपोर्ट, जाइर्‍यु कार्ड

स्थायी भिसा आवेदन गर्नुका कारणहरू खुल्ने निम्न कागजातहरु
क. पारिवारिक सम्बन्ध प्रमाण, जन्म प्रमाण, वैवाहिक प्रमाण
ख. आवासीय कार्ड (सबै परिवारका सदस्यहरू उल्लिखित) ज्युमिनहृयो
ग. रोजगारको प्रमाणपत्र
क. आय र बैंक ब्यालेन्स प्रमाणित गर्ने बैंक पासबुकको प्रतिलिपी
ख. सिटी अफिसबाट निकालिएको गत ५ वर्षको आवासीय करको खाजेइ श्योमेइसो र नोउजे श्योमेइसो
ग. गएको ५ वर्ष भित्रको निवास कर तोकिएको मितिभित्र तिरेको प्रमाणित गर्ने नोउजेको बिलहरु, स्यालरीबाट तिरेको भए स्यालरी भुक्तानी कागज पेश गर्नुपर्ने
घ. कर कार्यालयबाट जारी गरिएको आयकर भुक्तानी गरेको प्रमाण पत्र र प्रमाणपत्र नम्बर
ङ. गत दुई वर्षको पेन्सनको भुक्तानी गरिएको रेकर्डको विवरण
च. पेन्सन तेइकीबिन वा पेन्सनको कागजात
छ. राष्ट्रिय पेन्सदको भुक्तानी रसिद
ज. गत दुई वर्षको स्वास्थ्य बीमाको भुक्तानी गरेको कागजात
झ. स्वास्थ्य वीमा कार्डको प्रतिलिपि
ञ. राष्ट्रिय स्वास्थ्य वीमा शुल्क भुक्तानी प्रमाणपत्र
ट. नेशनल हेल्थ इन्श्योरेन्स शुल्क भुक्तानी रसिद
आवेदक व्यवसायी भिसा भएको अवस्थामा कम्पनीको सामाजिक वीमा छिरेको हुनुपर्ने र कम्पनीबाट सामाजिक वीमा तिरेको देखिने प्रमाण बुझाउनुपर्ने (रसीद वा तिरिसकिएको पुष्टि गर्ने कागजात)
ठ. यसबाहेक जापानमा सामाजिक क्षेत्रमा योगदान दिएको प्रमाणित गर्ने कागजात (प्रशंसापत्र, प्रमाणपत्र, सिफारिस पत्र आदि)

Q:एइज्यु एप्लाइ गर्दा ग्यारेन्टरको आवश्यक पर्छ कि पर्दैन, पर्छ भने कस्तो ब्यक्ति ग्यारेन्टर हुनसक्छन् ?
A : स्थायी भिसा एप्लाइ गर्दा १ जना ग्यारेन्टरको आवश्यक पर्छ । निजको जापान बसाईको निरन्तरता आवश्यक पर्ने भएकोले ग्यारेन्टर जापानी नागरिक वा स्थायी भिसा भएको हुनुपर्ने छ । ग्यारेन्टरको देहायबमोजिमका कागजात पनि पेश गर्नुपर्छ ।
क. पहिचान खुल्ने प्रमाणपत्र
ख. रोजगारी खुल्ने प्रमाणपत्र
ग. पछिल्लो १ बर्षको कर प्रमाणपत्र
घ. आवासीय कार्ड

Q:स्थायी भिसा एप्लाई गर्दा पहिले र अहिलेमा के के परिवर्तन भएको छ ?
A : माथि उल्लिखित डकुमेन्ट पहिले ३ बर्षो खाजेइ र नोजेइ थियो भने अब ५ बर्षको बुझाउनुपर्ने नियम परिवर्तन भएको छ । पेन्सन र स्वास्थ्य वीमाका सन्दर्भमा पहिले इमिग्रेशनले थप माग भएपछि मात्र बुझाउनुपर्ने नियम थियो भने अबबाट एप्लाई गर्ने बेलामै बुझाउनुपर्ने नियम भएको छ ।

Q:माथि उल्लिखित कागजातबाट इमिग्रेशनले के छानबिन गर्दछन् ?
A : कर, पेन्सन र स्वास्थ्य वीमा सम्बन्धि समयसीमा भित्र भुक्तानी गरेको छ छैन चेकजाँच हुन्छ, यदी समयसिमा भित्र भुक्तानी गरेको छैन भने जापानको नियम कानुन पालना नगरेको भन्ने अर्थ लाग्ने हुँदा स्थायी भिसा पाउने संभावना कम हुन्छ । तर काम गरिएको कम्पनीको तलवबाट कर, पेन्सन र स्वास्थ्य वीमा तिरिएको छ भने समस्या हुँदैन ।***

यो पनि पढ्नुहोला ।

हेल्लो सेन्सेइ ! भाग (३) : गेन्सेनच्योउस्युहृयोउ भनेको के हो ? 
हेल्लो सेन्सेइ ! – भाग (२) : जापानमा लाग्ने आयकर भनेको के हो ? यो कस्तो अवस्थामा सस्तो हुन्छ ? 
हेल्लो सेन्सेइ ! – भाग- (१) : भिसा थप्ने बेलामा कुयाक्शो (सिटी कार्यालय) बाट निकाल्नुपर्ने कागजातहरु के के हुन ?   

Resource Person: Ogawa Bunkei
Licensed tax accountant, Gyoseisyoshi Lawyer
Email: [email protected] or [email protected] 
थप जानाकारीका लागि  यहां क्लिक गर्नुहोला । 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया