Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ११, २०८२
Thursday, April 24, 2025

‘जहाँ संस्कृति हुदैन त्यहाँ संस्कार हुदैन, संस्कार विनाको राजनिति हुँदैन’ त्यसैले राजनीतिमा संस्कार हुनु जरूरी छ । नेपाल विधार्थी संघको मुलमन्त्र नै छ राष्ट्रियता लोकतन्त्र र समाजवाद हाम्रा आदर्श हुन् । त्यसैले संगठन मुलमन्त्र भन्दा बाहिर गएको अनुभूति भईरहेको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

संगठनलाई जीवन्तता दिनका लागि सबैले आफू भन्दा माथि उठनु जरुरी छ । अधिवेशनवाट निर्वाचित समिति नै विघटन भएको अवस्थामा हाल नयाँ तदर्थ समितिको नेतृत्वको लागि सबै लागि परेका छन् । हाल नेता घर-घर धाउने र गुट र उपगुटमा बाँधिदै गर्दा हामीले राजनीतिक संस्कारलाई पनि ख्याल गर्नु पर्दछ । नेतृत्वमा आउनका लागि एक अर्कोको कमजोरीलाई मात्र देखाउने र अर्काको कुरा काटने प्रवृतिको अन्त्य गर्नु पर्दछ । त्यसैले मैले नेतृत्वमा पुग्दै गर्दा संगठनमा अरुको पनि साथ चाहिन्छ, भन्नेसम्मको राजनीतिक संस्कार गुमी रहेको अवस्था रहेको छ ।

हामी राजनीतिकबाट कुनै हालतबाट विचलित हुनु हुदैन । एक अर्कोको सम्मान र सहयोग नै एक सक्षम नेतृत्वकर्ताको खुबी हो । म ठिक हुनका लागि अरुका कमीकमजोरी औल्याउनु भन्दा संगठनको बृहत विकास र शिर्जनशिल कामका लाग्नु उचित हुनेछ । नेवि संघ सबै प्रजातान्त्रिक विचारधार बोक्नेहरुको छाता संगठन हो । यो कसैको पेवा होईन । पूर्व मेची देखि पश्चिम महाकालीसम्मका सबै प्रजातन्त्रप्रति आस्थावान तथा शुभचिन्तकहरुको आशा भरोशा रहेको छ ।

जो व्यक्ति नेताको चौकीदारी गर्छ र अरुलाई सम्मान गर्न सक्दैन त्यसले संगठन चलाउन सक्दैन । सबैको सम्मान र भलाईका लागि संगठनलाई सुदृढ गर्नु पर्नेछ । त्यसका लागि हामी सुध्रिनु जरुरी छ । आज चोक चोकमा कुनै होटलमा विभिन्न ठाउँमा गुटका नेताको भेला हुन्छ । त्यहाले अरुलाई लाञ्छना लगाउने सिवाय संगठनप्रति कोही जिम्मेवारीवोध भएको अनुभूति भईरहेको अवस्था छैन । संगठनलाई नेपाली विद्यार्थी र नेपालीको बनाउनका लागि संस्कारको विकास गर्नु जरुरी छ ।

एकले अर्काको सम्मान गर्न नसक्नु एकले अर्काको विचारलाई सम्मान नगर्नु संगठनको दुर्गतीको हुन सक्छ । सक्छौ स-सम्मानपूर्वक संगठनको हितमा लाग सक्दैनौ एक अर्कोको आलोचनमा समय बर्बाद नगर । आज हामो पार्टी प्रतिपक्षमा रहेको छ । यतीबेला प्रतिपक्ष भूमिका हामी गम्भिरपूर्वक रुपमा उठान गर्न सक्नु पर्दछ । वर्तमान सरकारले नेपाल र नेपालीको हक अधिकार विपरित गरेको निर्णको विषयमा खबरदारी गर्नु सक्नु पदर्छ ।

सडक र सदन हामीले कुरा उठान गर्न सक्नु पर्दछ । अनी मात्र नेपाली जनताले हामी विश्वास गर्दछन । काँगेसप्रति जनातको सहानभूति रहन्छ । त्यसो गर्नुको सट्टा हामी आफैमा विभाजित भई पार्टी भित्रका कुरा बाहिर ल्याउने र व्यक्तिगत टिका-टिप्पणीमा समयमा बर्बाद गर्दछौ भने हामीले संगठन धरासयी बनाउन सक्दछौ । त्यसैले व्यक्तिको राजनीति पछि नलागी संगठनको सुदृढीकरण लाग्नु जरुरी छ । त्यसैले नेतृत्वमा पुग्न चाहने जो–कोही पनि राजनीतिक संस्कारभन्दा बाहिर गयौं भने तपाई र पार्टीको वरखिलाप हुनेछ । राजनीतिमा संस्कार हुनु जरुरी छ ।

           -विवेक लामा नेपाल विद्यँर्थी संघ शकरदेव क्याम्पसका सभापति हुन् 

तपाईको प्रतिक्रिया