Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ११, २०८२
Thursday, April 24, 2025

टोकियो – सूचना र प्रविधिको सुविधाले मानिसहरु झन झन सुविधाभोगी हुँदै जान थालेका छन् । परिवारबाट टाढिएकाहरु १ महिनामा एउटा चिठीको भरमा जिन्दगी गुजारेको पुस्ता आज शौचालय जाँदा होस् या स्थानकक्षमा होस् या खाना खाँदा होस् हातमा स्मार्टफोन बिना बस्न नसक्ने भएको छ ।

इष्टमित्र, साथीभाइ, भेटघाट, मिटिङ, भेला, पुराण, किर्तन, यात्रा, जन्त, मलामी जहाँ नै किन नहोस् स्मार्ट फोन आजको दुनियाँमा मान्छेको सबैभन्दा प्रिय साथी बनेको छ । हातमा स्मार्टफोन छैन भने आज अधिकाँश मानिस १० मिनेट पनि चैनले बस्न नसक्ने भएको छ । त्यसकारण मानिसहरुको शौचालयको समय लम्बिदों छ, मानवीय आत्मीयताको स्थान यान्त्रिक आत्मीयताले खोसेको छ । एउटै बेडका श्रीमान श्रीमती पनि दुईतिर मुन्टो फर्काएर आ-आफ्नै साइबर संसारमा विचरण गर्नमै रमाईरहेका छन् । दूवै त्यसैमा खुशी भए अरुलाई टाउको दुख्ने कुरै भएन ।
स्मार्ट फोनकै कारण मानिसहरुबीच हुने भेटघाटले जति महत्व पाउँथ्यो क्रमशः कम हुँदै जान थालेको छ । औपचारिकता लागि अभिवादन र सामान्य कुराकानी भन्दा गहिराईसम्म पुगेर भित्र दिलैदेखि आत्मियताको साटासाट हुन छोडेको छ ।

यसैबीच एउटा अध्ययनले नयाँ पुस्ताका चिनियाँहरु नुहाउने बेलामा पनि आफ्नो स्मार्टफोनको प्रयोग जारी राख्ने गरेको पाईएको छ । उनीहरु स्नानकक्षमा पनि गीत सुन्ने, भिडियो हेर्ने, सुन्ने किताबको अध्ययन गर्ने गरेको पाईएको छ भने आफ्नो फोन अरुले नचलाऊन् भन्ने पनि अर्को मुल कारण रहेको अध्ययनबाट थाहा लागेको छ ।
अध्ययनका अनुसार चिनियाँहरूले स्नानकक्षमा मोबाइल फोनबाट विभिन्न सेवा लिने गरेको पनि पाईएको छ । छालाको स्याहारका लागि विभिन्न सामान उत्पादन गर्ने एक कम्पनीद्वारा सार्वजनिक गरिएको अध्ययन प्रतिवेदन अनुसार मोबाइलको प्रयोग गर्ने झण्डै ९० प्रतिशत चिनियाँहरूले आफू नुहाउन स्नानकक्षमा प्रवेश गर्दासमेत आफ्नो फोन साथैमा लाने गरेको पाईएको हो ।
उनीहरूले स्नानकक्षमा म्युजिक सुन्ने, भिडियो हेर्ने, श्रब्य किताब वा पाठ्यक्रम पनि सुन्ने र अध्ययन गर्ने गरेका उक्त अध्ययनले देखाएको बताइएको छ ।

स्नान कक्षमा फोनको सेट लानेमध्ये १८ दशमलव १४ प्रतिशत व्यक्तिले आफूहरूको फोन अर्काले नचलाओस् वा नहेरोस् भन्नका लागि सँगै लैजाने गरेको बताएका छन् भने ९ दशमलव १५ प्रतिशतले नुहाउँदासमेत फोनमार्फत् आफ्ना कामलाई निरन्तरता दिने गरेको पाईएको छ ।
रिपोर्ट अनुसार अधिकांश चिनियाँहरूका लागि नुहाउने समय राति १० बजेपछि रहने गरेको छ । अत्यधिक चिनियाँहरूले राति अवेरमात्र नुहाउन मन पराउने गर्छन् भने बेलुका १० बजेभन्दा पछि नुहाउने चिनियाँको सङ्ख्या ३८ दशमलव ४५ रहेको छ । चीनमा स्मार्ट फोन वा यस किसिमका सामग्रीसंग आजभोलि अत्यधिक चिनियाँले समय विताउने गरेका पनि अध्ययनले देखाएको छ ।

भिडियो तथा टेलिभिजन कार्यक्रमहरू हेर्ने, विद्युतीय खेलहरू खेल्ने, सामाजिक सञ्जालमा सन्देश आदानप्रदान गर्ने काममा समय खर्चिएका कारण अधिकांशको नुहाउने समय राति अवेरका लागि पुग्ने गरेको पनि प्रतिवेदनमा उल्लेख छ । मोबाइल प्रयोग गर्ने दुई हजार ४ सय व्यक्तिसंग गरिएको प्रश्नावलीका आधारमा प्रतिबेदन तयार गरिएको कम्पनीले जनाएको छ । (एजेन्सी) ***

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया