Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ११, २०८२
Thursday, April 24, 2025

काठमाडौं – पछिल्ला केही दिन यता एउटा एप्स भाइरल भइरहेको छ । हालको उमेर भन्दा बूढो देखाउने फेसएपको प्रयोगले ब्यापकता पाएपछि यो भाइरल भएको हो ।

२०१७ मा एक रसियन कम्पनीले लञ्च गरेको यो एप्स त्यतिबेला भने खासै चर्चामा थिएन । तर, विश्व कप क्रिकेट सकिएपछि भारतीय क्रिकेट खेलाडीले यो एप्सको प्रयोग गरेर तस्वीरहरु सामाजिक सञ्जालमा पोस्ट गरेपछि नेपालमा पनि यो एप्स भाइरल बनेको हो । मंगलबार र बुधबार नेपाली फेसबुक, ट्वीटर, इंस्टाग्राम प्रयोगकर्ताहरुले यो एप्सको निकै प्रयोग गरेका छन् ।

यसरी भाइरल बनेको यो एप्सले प्रयोगकर्ताहरुलाई भने जोखिमको मुखमा पुराइदिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले दावी गरेका छन् । उनीहरुका अनुसार यो एप्सले तस्वीरलाई आर्टिफिसियल इन्टेलिजेन्समार्फत बूढो देखाउन तस्वीरको पूरा जानकारी अटोमेटिक सेभ गर्छ । साथै प्रयोगकर्ताको ब्राउजर, आईपी एड्रेस, वेब रिक्वेस्ट, यूआरएल र कतिपटक प्रयोग गरियो भन्ने समेत जानकारी रेकर्ड गर्छ । यो एप्सको प्रयोग सम्बन्धि शर्तहरुमा प्रयोगकर्ताहरुको फाइलबारे अटोमेटिक जानकारी लिने उल्लेख गरिएको छ । यसरी प्रयोगकर्ताहरुको डाटा यो एप्सले संकलन गर्छ । र विज्ञापनका लागि कुनै तेस्रो पक्षले माग गरेमा त्यस्तो डाटा दिन सकिने एप्सको नीति रहेको छ । यसले गर्दा प्रयोगकर्ताहरुबारे डाटा चोरी हुने जोखिम बढेको हो । केही विश्लेषकहरुले यो एप्स प्रयोग नगर्न सुझाव दिएका छन् । यसको प्रयोगबाट गोपनियता दुरुपयोग हुन सक्ने खतरा उनीहरुले दर्शाएका हुन ।   ***

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया