Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

काठमाडौं – हामी देख्न सक्छौं अधिकांश आँखा नदेख्ने मानिसहरुले आँखामा कालो चस्मा लगाउने गर्दछन् । कालो चस्मा लगाएको र हातमा सेतो छडी बोकेको मानिसलाई देख्ने वित्तिकै हामी आँखा नदेख्ने मानिसको रुपमा चिन्ने गर्दछौं ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

यो अहिले त एउटा पहिचान नै भईसकेको छ । तर, यसको कारण खोज्दै जाँदा यसको बैज्ञानिक आधार समेत भेट्न सकिन्छ । यद्यपि आँखा नदेख्ने मानिसहरुले कालो चस्मा नै लगाउने कारण तल दिइएको छ ।

देख्ने क्षमता बढाउनको लागि 
धेरैलाई जानकारी नहुनसक्छ आखा नदेख्नेहरुले पनि १०० प्रतिशत आँखा देख्दै नदेख्ने भने होइन । उनीहरु न्यूनतम सूर्यको किरणबाट पनि दृश्य तथा संकेतहरुलाई सम्झन सक्दछन् । बैज्ञानिक अनुसन्धानहरुका अनुसार हामीले आखा नदेख्ने भनेर भनिएकाहरुको आँखाको दृष्टि क्षमता २०/२०० भन्दा कम हुने गर्दछ ।

अर्थात् सामान्य मानिसहरुले २०० फिट पर कुनै बस्तुलाई जसरी देख्न सक्दछ । उनीहरुले २० फिट पर त्यसैगरी देख्न सक्दछन् । वा उनको भिज्युअल फिल्ड २० डिग्री या त्यो भन्दा कम हुन्छ । प्राय उनीहरुमा केही हदसम्म सहायक दृष्टि पनि हुन्छ जसका कारण उनीहरुले आसपासको बस्तुहरुको आकृति बनाउन सक्दछन् । उनीहरुको भिज्युअल फिल्ड कम हुने कारणले पनि उनीहरु कमजोर जोनमा ठीक रुपले देख्न सक्दछन् यद्यपि टाढाको बस्तु देख्न सक्दैनन् ।

आँखाको विशेष सुरक्षाको लागि 
अर्को मूल कुरा भनेको उनीहरुले आँखाको सुरक्षाको लागि हो । प्राय: हामीहरुको सबै सूर्यको प्रकाश अर्थात् गर्मी या सूर्यको किरणबाट आफ्नो आँखालाई बचाउनका लागि यस्तो चस्माहरु प्रयोग गर्दछौं । उनीहरु पनि त्यसैको लागि यस्तो चस्मा लगाउने गर्दछन् ।

सामान्य मानिसहरुको कुरा गर्ने हो भने प्रत्यक्ष सूर्यको किरणको प्रभावबाट सजिलै बच्न सकिन्छ । जस्तो कि हात आँखाको डिलमा राखेर होस् या जसरी पनि हामीहरु आँखाको सुरक्षा गर्दछौं । तर, उनीहरुले सूर्यको प्रकाशको प्रत्यक्ष प्रभावबारे अनुभव गर्न नसक्ने भएकोले उनीहरु पहिले नै कालो चस्मा लगाउँछन् ।

यस बाहेक पनि यो उनीहरुको पहिचान नै भइसकेकोले आफूलाई चिनाउनको लागि पनि यस्तो लगाउने गर्दछन् । यसका अलावा आसपासको वातावरणमा मौजूद धुलो, पत्थर या फोहोरद्वारा, सामान्य मानिसहरु भन्दा पनि उनीहरुको आँखामा खतरा रहन्छ । ***

तपाईको प्रतिक्रिया