Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

काठमाडौं – २०६ औं भानुजयन्तीका अवसरमा राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई रथारोहन र अभिनन्दन गरिएको छ । भानु जयन्तीकै अवसर पारेर भानु प्रतिष्ठान र नेपाल प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई उनकै कद बराबरको अभिनन्दन पत्रमार्फत् सम्मान पनि गरियो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

भानु जयन्तीकै अवसर पारेर राष्ट्रकवि घिमिरे र उनकी धर्मपत्नी महाकाली घिमिरेलाई रथारोहण पनि गराइएको थियो । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रकवि घिमिरेलाई उनकै कद बराबरको अभिनन्दन पत्र प्रदान गरेर सम्मान गरेका हुन् । भानु प्रतिष्ठान, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, नेपाली साहित्य परिषद सिक्किम, असम नेपाली साहित्य सभा, नेपाली साहित्य परिषद्, मणिपुर, नेपाल जनसांस्कृतिक मञ्च, कोलकोता, अखिल म्यान्मार देशीय हिन्दु धार्मिक संघ, म्यान्मारले भानु जयन्तीको अवसर पारेर राष्ट्रकवि घिमिरेलाई दोसल्लासहित अभिनन्दन पत्रले सम्मान गरेका थिए ।

कार्यक्रममा उपप्रधानमन्त्री एवं रक्षामन्त्री पोखरेलले भानु जयन्तीको अवसर पारेर राष्ट्रकवि घिमिरेलाई अभिनन्दन गर्न पाउनु गर्वको विषय भएको बताए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले पठाएको  राष्ट्रकवि घिमिरेको सुस्वास्थ्य र सुदीघार्यूको शुभकामना सन्देश पनि पढेर सुनाएका थिए । कार्यक्रममा अभिनन्दित व्यक्तित्व राष्ट्रकवि घिमिरेले विश्वभरमा छरिएर रहेका नेपाली भाषीहरुले आफूलाई सम्मान गरेकोमा आभार  व्यक्त गरे । उनले युग अनुसार नेपालीका विषयमा मात्रै सोच्ने कविको रुपमा भानुभक्त आचार्यलाई चित्रण गरे ।

राष्ट्रकवि घिमिरेले विश्वमा छरिएर रहेका सबै नेपालीहरुलाई भाषाको माध्यामबाट एउटै सुत्रमा बाँध्ने भानुभक्त आचार्य सबैका पुजनीय व्यक्तित्वको रुपमा सदा रहिरहनुपर्ने पनि उल्लेख गरे । राष्ट्रकवि घिमिरेले नेपाली भाषा र साहित्यप्रति माया गर्ने सबै नेपाली भाषीहरुप्रति सम्मान पनि व्यक्त गरेका थिए । रामायणलाई नेपालीमा अनुदान गरेर भानुभक्तले नेपाली भाषालाई एकताको सुुत्रको बाँध्न पुर्‍याएको योगदान अतुलनीय रहिआएको छ । त्यसैगरी आदिकवि भानुभक्त आचार्यले लेखेको बधु शिक्षा, प्रश्नोत्तर लगायतका साहित्यीक कृतिहरु नेपाली भाषीका लागि आज पनि उत्तिकै प्रिय छन् ।

तपाईको प्रतिक्रिया