Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

काठमाडौँ – प्रयोगकर्ताका तथ्यांकको गोपनीयता कायम राख्न नसकेको मुद्दामा फेसबुकलाई ५ अर्ब अमेरिकी डलर (साढे ५ खर्ब नेपाली रुपैयाँ) जरिवाना हुने भएको छ । अमेरिकी अखबारहरूका अनुसार फेसबुकलाई जरिवाना स्वरूप उक्त रकम तिराउन अमेरिकी नियामक निकायले अनुमति दिएको छ ।

फेसबुक प्रयोगकर्ताको तथ्यांकमाथि अनधिकृत पहुँच पुर्‍याएको मुद्दामा फेडरल ट्रेड कमिसन (एफटीसी) ले अनुसन्धान गरिरहेको छ । बेलायतस्थित राजनीतिक परामर्शदाता कम्पनी क्याम्ब्रिज एनालिटिकाले फेसबुकका ८ करोड ७० लाख प्रयोगकर्ताका तथ्यांकको दुरूपयोग गरेको जनाइएको छ ।

उक्त मुद्दाबारे एफटीसीमा भएको मतदानमा ३ मत फेसबुकलाई जरिवाना गर्ने पक्षमा परेको हो । २ मत विपक्षमा परेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । बीबीसीका अनुसार फेसबुक र एफटीसी दुवैले समाचारबारे टिप्पणी गर्न अस्वीकार गरेका छन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया